दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका: पाँच वटा धारालाई ५ लाख ६० हजारमा भुक्तानी !

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका: पाँच वटा धारालाई ५ लाख  ६० हजारमा भुक्तानी !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७९

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा चिउरी डाँडाका बासिन्दा पानी नपाएर बिजोकमा छन् भने प्रदेश खानेपानीको क्रमागत बजेटबाट गत बैशाखमा बनेको खानेपानीका बनेका धारालाई सबैभन्दा महँगो अर्थात् ५लाख  ६०हजार रकम मिलोमतोमा खाने काम गरिएकाे  छ ।

 बैशाख ३० को चुनावमा एमालेलाई भोट दिलाउन कै लागि भने तत्कालिन नगर प्रमुख दिप नारायण रिजालले उक्त बजेट पारेको कुरा आरोप लागेको छ । अनुगमनमा गएका प्राविधिकलाई नै पुरानो योजनाबाट गरेको काम बापत इन्टेक र गाडेको पाईप देखाएर झुटो काम गरेका विवरण पेस गर्न लगाई  योजना पासका लागि गएका ओभरसियर समेतको मिलेमतोमा बजेट दुरुपयोग गरिएको छ ।

उक्त प्रतिवेदनमा प्राविधिकले 'स्टामेट' अनुसार लागत पुग्दैन भनेपछि पाँच वटा धारा मात्र थप गर्ने भनि प्राविधिक सहितको मिलेमतोमा  भित्र भित्रै बजेट निकासाको चाँजोपाँजो मिलाइएको थियाे । 

धारा मुहानको सर्वे   प्रदेश खानेपानीको  अध्यक्ष  कुमार खनालले गरेका हुन् भने  नगरबाट नवराज हिँङमाङले गरेका थिए ।