नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १, २०७९

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य सघाइले हस्ताक्षर गर्नुभएको हो । 

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मुल्यमा १ सय रूपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रूपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैँतीस रुपैँयाको शेयरको प्रत्याभुति हुने छ ।