मोदीसँग भेट नहुँदाको चित्त बुझाइ र दुखाई : प्रचण्डको शनिबारे अभिव्यक्तिले नै 'भेट' असम्भव !

लोकसंवाद टिप्पणी

मोदीसँग भेट नहुँदाको चित्त बुझाइ र दुखाई : प्रचण्डको शनिबारे अभिव्यक्तिले नै  'भेट' असम्भव !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७९

काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने भारत भ्रमण सकेर पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन १ गते आइतबार नेपाल फर्कि सकेका छन् ।

‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने कार्यक्रम रहेको हुँदा  भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ भन्दै  दिल्ली उडेका प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किए पछि किन भेटेनन् भन्ने विषयको चर्चा र परिचर्चा सुरु भएको छ । यो विषयलाई एयरपोर्टमा आएर स्वयं प्रचण्डले  अन्तिम समयमा आएर भेट नहुने खबर आयो तर पनि  ‘टेन्सन छैन’ भनेर आफ्नो घुमाउरो असन्तुष्टि पोखे । 

अन्तिम समयसम्म अर्थात् एक बजेसम्म प्रधानमन्त्री मोदीसँग भेट हुने अधिकारीले बताएको तर एक्कासी 'सम्भव नभएको' खबर आयो मोदीसँग भेट नभएको  विषयमा प्रचण्डले  'अनभिज्ञता'  पत्रकारहरु माझ राखे । उनको चित्त बुझाई थियो-  भारतीय जनता पार्टीका अध्यक्षले निमन्त्रणामा भारत गएको र उनलाई  नै भेटेपछि  'क्लाइमेक्स' त्यही हो भन्ने ठानेको हुनसक्छ ! मोदीसँग भेट नहुनुको खास कारण के हो भन्ने बारेमा 'अनभिज्ञता' जाहेर गर्दै भने -'के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन ।' पत्रकारहरुसँग प्रचण्डको भनाई  थियाे भेटेको भए 'त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला'  त्यो भन्दा बढी हुँदैनथ्यो भनेर चित्त बुझाइ र दुखाई दुबै थियाे  । 

भूतपूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनका नेतालाई अन्तमा आएर  अबस्थामा  विदेश पाहुनालाई  नभेट्नुको ठूलो अर्थ राख्छ । धेरैले  प्रचण्ड र भारतको सम्बन्ध सँधै उतार चढाव पूर्ण रहेकाे र त्यसैको निरन्तरताका रुपमा लिइएको छ । 

खासगरी दश वर्ष लामो सशस्त्र संघर्षपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा, नेकपा एमाले र माओवादी मिलेर बनेको एकीकृत पार्टी नेकपाको सरकार हुँदाका बखतको भारत र प्रचण्ड उतार चढावको नजरले हेर्न थालिएको छ । भारतीय सत्ताले  पक्षले  प्रचण्डसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिए जस्तो मात्र गरको निश्कर्ष निकाल्न थालिएको छ । उत्तरी छिमेकी  चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि नवित्दै भारत भ्रमणका प्रचण्डलाई भारत भ्रमण बेलाएर चीनलाई केही सन्देश दिन खोजेको प्रष्टै देखिन्छ । 

नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा मात्र राखेनन्  कूटनीतिक संवाद मार्फत् दुई देश बीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिन पुगे ।  त्यतिमात्र होइन अवसरमा उहाँले नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनलाई दुई देशबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढाउनु पर्ने अडान राखेका थिए । 

विदेशमन्त्री र विदेश सचिवसँग भएको भेटमा दुई देशका प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझेर सार्वजनिक गर्नुपर्ने र दुई देशका बीचमा रहेका अन्य तमाम मुद्दालाई छलफल गरेर टुंग्याउन पर्ने प्रस्ताव  आफूले राखेको बताएका थिए । प्रचण्डले नै दिएको जानकारी अनुसार भारतीय नेताहरुसँग भएको भेटमा उनले उनले सन् १९५० को सन्धी र सीमा सम्बन्धी समस्या हल गरिनु पर्ने धारणा राखेको बताए  ।  चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहेको चर्चाले स्थान पाइरहँदा प्रचण्डले भारत भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको थियाे । 'फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो'  प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र  थिएन नै ।  प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व नदिएको प्रष्ट भएको छ । 

सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत दिन केही हदसम्म सफल मात्र होइन  चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बन्ध रहको देखाउने अवसरको भारतले भरपूर उपयोग गरको रुपमा लिइएको छ । 

मोदीले नभेट्नुको कारण  प्रचण्डको शनिबारको भाषण  

तीन दिने भारत भ्रमणको दोस्रो दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा मात्र राखेनन्  कूटनीतिक संवाद मार्फत् दुई देश बीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिन पुगे । 

त्यतिमात्र होइन अवसरमा उहाँले नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनलाई दुई देशबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढाउनु पर्ने अडान राखेका थिए । यसका अलवा  भारतबीचको सम्बन्ध परा पूर्वकाल देखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताउनु भएको थियो  ।

अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह पनि गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसरका रुपमा उपयोग गर्नु पर्ने धारणा सार्वजनिक गरेका थिए । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेट गर्दा १९५० र नेपाल–भारत प्रवुद्ध समूहको प्रतिवेदनको बारेमा राख्ने र त्यही विषयमा केही न केही सम्बोधन गर्नु पर्ने भएका कारण अन्तिम समयमा आएर भेट रद्द गरेको बताइएकाे छ ।