पाल्पा स्थित ढुङ्गा खानीमा सडकका ठेकेदार सुमन पन्थको २० लाख लुटपाट !

पाल्पा स्थित ढुङ्गा खानीमा सडकका ठेकेदार सुमन पन्थको २० लाख लुटपाट !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७९

पाल्पा ।  पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ । 

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गा खानी स्थित सडकबाट पुर्व खोला गाउँपालिकास्थित निर्माणाधिन पूर्व खोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्याल बिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् । 

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगा खानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

सोही बेला पन्थ समेत दुई जनालाई अन्दाजी ७/८ जना अपरिचित व्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए । 

कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।