किरात एकेडेमीको कृति पुरस्कार विप्लव ढकाल र राजकुमार दिक्पाललाई

किरात एकेडेमीको कृति पुरस्कार विप्लव ढकाल र राजकुमार दिक्पाललाई

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७९

काठमाडौँ । किरात एकेडेमीले डा. विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय’ र राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’लाई संयुक्त रूपमा किरात एकेडेमी कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । किरात एकेडेमी पुरस्कारका लागि गठित छनोट समितिको सिफारिसका आधारमा एकेडेमीले यस्तो निर्णय गरेको हो ।

पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरू मध्येबाट ७ ओटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यस पटक डा। विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय’ (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ (इतिहास) लाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

यसअघि प्रथम पटक युग पाठकको ‘उर्गेनको घोडा’ (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ (इतिहास अनुसन्धान)लाई प्रदान गरिएको हो । पुरस्कारको राशि रु। ५०००० (पचास हजार) रहेको छ । पुरस्कार चाँडै राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने एकेडेमीले जनाएको छ ।