नेपाल कृषि मजदुर संगठन मोरङको अध्यक्षमा धनबहादुर थापा

नेपाल कृषि मजदुर संगठन मोरङको अध्यक्षमा धनबहादुर थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७९

नेपाल कृषि मजदुर संगठन मोरङ जिल्ला कमिटिको भेलाले धनबहादुर थापा अध्यक्षतामा १३ सदस्यीय मोरङ जिल्ला कमिटी गठन गरेकाे छ ।  

जिल्ला कमिटीको उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा पवित्रा राई, उपसचिवमा खेमराज ढकाल र कोषाध्यक्ष सम्झना बडुवाल रहनु भएको छ भने सदस्य सदस्यहरुमा नर बहादुर खड्का, गोपाल तामाङ, बासु अधिकारी, चुडामणि बास्तोला, शशी दहाल,कमल आचार्य रहनु भएको छ भने प्रमुख सल्लाहकार मनोज गौतम,सल्लाहकारमा बाबुराम कार्की रहनु भएको छ।

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो सदस्य हर्क मान तामाङ, एकीकृत ट्रेड युनियन राष्ट्रिय कमिटी सदस्य निलम ढुङेल, प्रदेश कमिटी एक नम्बरको सदस्य  अम्बिका राई, स्वतन्त्र सडक व्यापार संघको  उपमहासचिव प्रदिप तामाङ, अखिल नेपाल किसान महासंघका मोरङ जिल्ला उपाध्यक्ष क चन्द्र भट्टराई, अनेमसंघ मोरङ अध्यक्ष खिनामाया थापा, नेपाल कृषि मजदुर संगठन सुन्सरी जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव क्रमश: रमेश भट्टराई, नरेश  कठायत, शकुन्तला रसाइली र कृषि मजदुर संगठनको केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्काको उपस्थित रहेको थियो । भेलाको सञ्चालन  केन्द्रिय सदस्य बिक्रम मैनालीले गर्नु भएको थियो ।