कांग्रेसमा 'कम्युनिस्ट शैली' को निर्णय: गुट र भगबण्डा राेक्न 'एकल' पार्टी सञ्चालनकाे थालनी !

लोकसंवाद टिप्पणी

कांग्रेसमा 'कम्युनिस्ट शैली' को निर्णय: गुट र भगबण्डा राेक्न 'एकल' पार्टी सञ्चालनकाे थालनी !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७९

एउटै बैठकमा बस्ने र फरक फरक धारणा सार्वजनिक गर्ने र पार्टी बैठकले निर्णय गर्ने भन्दा पनि सुन्ने परम्परा भएको नेपाली कांग्रेसमा यसपटक त्यो भन्दा केही फरक दृश्य देखियो । यसपटक पार्टीले गरेका निर्णयमा काँग्रेसमा करिब करिब एउटै बुझाइ भएको भन्ने खालको 'कम्युनिस्ट शैली' को  निर्णय सार्वजनिक गरेकाे छ ।  

कम्युनिस्ट पार्टीका बैठकहरुमा नेताहरुले विविध कोणबाट कुराकानी राख्ने करिब एउटै बुझाइ कायम गरेर निर्णय गर्ने परम्परालाई प्राय तिलाञ्जलि दिइसकेका अवस्था छ   । कम्युनिस्ट पार्टीका बैठकको अन्त्यमा कसैका फरक मत भए, त्यसलाई समेत समेटेर सकेसम्म  एउटै स्वर र दस्तावेज तयार पार्ने काम इतिहास बनि सकेको छ । त्यतिले नि भएन भने  'बहुमतको निर्णय र अल्पमतको सम्मान' एका देशको कथा बनिसकेको छ ।

यसपटक नेपाली  कांग्रेसमा त्यस्तै देखिएको छ । पार्टी सभापतिको कार्यशैलीदेखि, सरकारका काम र शेखर कोइराला समूहका गतिविधिबारे पार्टीमा बृहत लामो छलफल भयो । तर पार्टीको बैठक सकेर निस्किँदा कांग्रेसले ' एउटै स्वर'  लिएर बाहिर आएको सन्देश दिएको छ । अर्थात् बहुमतका अगाडि अल्पमत निरिह सावित हुन पुगेको छ । 

त्यसो त पटक पटक सरकारमा पुग्न कम्युनिस्ट पार्टीको साथ पाएकाले पनि होला, शेरबहादुर देउवाको निर्णय शैली 'कम्युनिस्ट चरित्र' प्रर्दशन गर्न खोजेको भनेर टिप्पणी हुन थालेको छ । उनी प्रजातान्त्रिक पार्टीको सभापति भए पनि त्यसअनुसारको खुला स्वभावको चरित्र भएको नेता मानिँदैन । पार्टीको केन्द्रीय समितिमा दुईतिहाइ भन्दा बढी बहुमतमा रहेका कारण पनि देउवाका निर्णयमा केही असहमति  विरोध भए पनि निर्णयमा नै प्रभावित पार्न सहज नभएका कारण यस्तो  भान भएको हो कि !

नेपाली काँग्रेसमा देउवा लामो समयसम्म ४० प्रतिशत हिस्सेदारीमा 'बार्गेनिङ' गर्दै बसेका हुन । काँग्रेस र काँग्रेस प्रजातान्त्रिक बीच एकता भए पनि देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग र उनको निधनपछि सुशील कोइरालासँग ४० प्रतिशत हिस्सेदारी माग्दै अलोकप्रियता र बन्दा मित कमाएका नेता हुन । 

अघिल्लो महाधिवेशनअघि सुशील कोइरालाको निधन भयो र देउवा शक्तिमा उदाए । देउवा शक्तिमा आए पछि भने उनी आफैंले लामो समयदेखि दाबी गर्दै आएको भागबण्डा भन्दा 'बहुमतको निर्णय लागू हुनुपर्ने'  पक्षमा एकाएक देखा पर्न थाले ।  गत मंसिरमा भएको महाधिवेशनबाट देउवा दोस्रो कार्यकालका लागि सभापतिमा अत्याधिक बहुमत सहित निर्वाचित  भए । त्यसयता उनी पार्टीमा साँच्चीकै  हाबी  हुन पुगे । पार्टीमा युवा पुस्ताबाट आएका उपसभापति धनराज गुरुङ र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको स्वर सानो सुनिँदा देउवा र उनी पक्षधरको स्वर चर्को निर्णयका हुने गरेकाे छ । 

स्थानीय तहको निर्वाचनसम्म गठबन्धनको कट्टर विरोधी रहेका र माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता दललाई हात्तीको कानमा ओत लाग्न आएका 'चमेरो'को उपमा दिने धनराज गुरुङसम्म पनि गठबन्धनको पक्षमा उभिन पुगे । नपुग्ने हो भने नेपाली कांग्रेसमा रामचन्द्र र कृष्णा सिटौला हुन तयार हुनपर्ने अवस्था छ । यसबाट काँग्रेसमा देउवाले बहुमतले निर्णय गराउने शैली कम्युनिस्ट नेताको जस्तै देखिएको छ ।

कम्युनिस्ट पार्टीका हरेकजसो निर्णयमा नेतृत्व (अध्यक्ष) हाबी हुने परम्परा रहे पनि पछिल्लो समयमा त केन्द्रीय समितिका बैठकहरु छलफल गर्ने भन्दा पनि अध्यक्षको निर्णय सुन्ने 'भेला'मा परिणत भएका छन्  । नेता र कार्यकता व्यवस्थापनका नाममा  पार्टी कमिटी यति भद्दा र भीमकाय छन् कि अध्यक्षले चाहेर पनि छलफल असम्भव प्राय बन्ने गरेकाे छ । यसको  उदाहरण नेकपा एमाले र  माओवादी केन्द्र प्रस्तुत गरिरहेका छन् । 

पछिल्लो समयमा यसको सबैभन्दा बलियो उदाहरण नेकपा एमालेमा पाइन्छ । अध्यक्ष केपी ओलीका 'बोली नै पार्टीको निर्णय' जस्तो हुने गरेको छ । एमालेमा हरेक निर्णय ओलीको इच्छाअनुसार हुने भएकाले कतिपयले ‘ओली पार्टी’ का रुपमा चर्को आलोचना गर्ने गरेको पाइन्छ । 

माओवादी केन्द्रमा यस्तै अवस्था छ । अध्यक्ष प्रचण्डले गरेको निर्णयविरुद्ध जाने कुनै नेता नै माओवादीमा थिएनन्  र छैनन् । तर शान्ति प्रक्रियापछि यति धेरै जनवादी केन्द्रीयता मान्ने माओवादी असंख्य टुक्रामा विभाजित हुन पुग्यो । त्यसैकारण माओवादी प्रति आस्था राख्ने जनमत हुँदाहुँदै  कमजोर अर्थात् कसैको बैसाखी नटेकी उभिन नसक्ने अवस्थामा पुगेको छ । 

विस्तारै यही रोग  कांग्रेसमा पनि प्रकिया र विधि भन्दा पनि बहुमतको निर्णय गराउन  देउवा हाबी हुन थालेको आरोप लाग्न थालेको छ । सोमबार सम्पन्न भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवा कम्युनिस्ट नेताकै शैलीमा कडा रुपमा प्रस्तुत भएको आरोप केन्द्री सदस्यले लगाएका छन् । 

 पार्टीको शेखर कोइराला पक्षले आफ्नो गुटको बैठक राखेको र अलग भेला गरेको विषयलाई लक्षित गर्दै उनले विधान संशोधन गरे फेरि 'सभापति बन्ने' धम्की  सम्म  दिए । काँग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । देउवाले कोइराला परिवारलाई विभाजित गरेर र रामचन्द्र पौडेललाई आफ्नो पक्षमा पारेर पार्टीमा अघिल्लो पटकको भन्दा असाधारण शक्ति आर्जन गरे । यसको मुख्य कारण हो भागबण्डामा होइन एकल निर्णयमा पार्टी सञ्चालन गर्ने परिपाटीको थालनी !  केन्द्रीय समितिमा हरेक निर्णयका लागि उनीसँग सुविधाजनक बहुमत भएकाले यो बहुमतलाई भरपुर उपयोग गरिरहेका छन् । 

देउवाको विधान संशोधन गरेर पनि सभापति बनिदिने 'धम्की' ले दुई वर्षअघि तत्कालीन नेकपामा बहुमत सचिवालय सदस्यले प्रश्न उठाएपछि केपी ओलीले आफूले नेतृत्व छाड्नुपर्‍यो भने बसिरहेको कुर्सी भाँचिदिन्छु भन्ने कुरा भन्दा केही फरक नरहेको बताइएको छ । 

यसरी हेर्ने हो भने पार्टी सञ्चालमा देउवाको शैली कम्युनिस्ट नेताहरुसँग मिल्दोजुल्दो देखिन थालेको छ । सोमबार सम्पन्न काँग्रेस बैठकले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुसँग सहकार्य गरेर जानुपर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनसम्म गठबन्धनको कट्टर विरोधी रहेका र माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता दललाई हात्तीको कानमा ओत लाग्न आएका 'चमेरो'को उपमा दिने धनराज गुरुङसम्म पनि गठबन्धनको पक्षमा उभिन पुगे । नपुग्ने हो भने नेपाली कांग्रेसमा रामचन्द्र र कृष्णा सिटौला हुन तयार हुनपर्ने अवस्था छ । यसबाट काँग्रेसमा देउवाले बहुमतले निर्णय गराउने शैली कम्युनिस्ट नेताको जस्तै देखिएको छ । 

पार्टीका निर्णयहरु नियमसंगत भएनन् भने आवाज उठाउने युवा नेता छन् भन्ने कांग्रेस कार्यकर्तालाई परेको छ । तर युवा नेताहरुको कुरा देउवाका लागि शक्ति सन्तुलनमा फेरबदल आयो भने मात्र सुन्न बाध्य छैनन् ।