समाजवादी प्रेस संगठन: पर्सा जिल्ला अधिवेशन तोकेको मितिमा गर्ने र प्रदेश प्रतिनिधि पठाउने निर्णय

समाजवादी प्रेस संगठन: पर्सा जिल्ला अधिवेशन तोकेको मितिमा गर्ने र प्रदेश प्रतिनिधि पठाउने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७९

पर्सा  ।समाजवादी प्रेस संगठन नेपाल पर्साको बीरगंज बसेको बैठकले  तोकेको मिति भित्र जिल्ला अधिवेशन  गर्ने निर्णय गरेको छ । 

बुधवार  समाजवादी प्रेस संगठन नेपाल पर्साको सम्पर्क कार्यालयमा सम्पन्न भएको बैठकले मधेश प्रदेशको असार १७ गतेबीरगंजमा  सम्पन्न भएको बिस्तारीत बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो  ।

त्यसैगरी बैठकले जिल्ला अधिबेशन अघि संगठनको सदस्यहरुको सदस्यता अध्यावधिक गर्ने तथा संगठनको बिचार र आस्थासँग जोडन चाहने पत्रकारहरुलाई संगठनमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकले सो लागि आवेदन दिन ५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।

समाजवादी प्रेस संगठन नेपालमा आबद्ध हुन चाहने पत्रकारहरुले संगठनबाट उपलब्ध गराइने सदस्यता आवेदन फर्म भरी संगठनले तोकेको सदस्यता शुल्क सहित आवेदन दिन सकिने संगठनका उपाध्यक्ष शम्भु कुमार सुमनले बताए । सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता बितरण कार्यका लागि बैठकले संगठनका अध्यक्ष मनोज पटेल र सचिव अजय चौरसियालाई जिम्मेवारी तोकेको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता एवम् संगठनका मधेश प्रदेश सह–इन्चार्ज राघव साह र मधेश प्रदेशका संयोजक बृजलाल पासवानको बिशेष उपस्थितीमा सम्पन्न भएको बैठकले प्रदेश अधिवेशनमा विधानले तोके बमोजिमको प्रदेश प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।