आधुनिक र व्यवस्थित सहर निर्माणमा  इन्जिनियरिङ पढेका विद्यार्थीहरुको योगदानको खोजी

आधुनिक र व्यवस्थित सहर निर्माणमा  इन्जिनियरिङ पढेका विद्यार्थीहरुको योगदानको खोजी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७९

ललितपुर ।सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास  सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । 

सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री  कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठुलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए । 

सहरी विकास मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यस खाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए । सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

 त्यसैगरि कलेजका थुप्रै पूर्व विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए । 

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा। रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा। इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।