पालिकाबाट नै मतदाता नामावली संकलन गर्न संसदमा माग

पालिकाबाट नै मतदाता नामावली संकलन गर्न  संसदमा माग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७९

काठमाडौँ ।  पालिका स्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् । 

निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।