केशवावस्थाको अनुभव र वर्तमान अवस्थाको ज्ञान : सरसत्ताको भोग

केशवावस्थाको अनुभव र वर्तमान अवस्थाको ज्ञान : सरसत्ताको भोग

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  श्रावण ७, २०७९

द्रोणञ्च भीष्मञ्च जयद्रथ्यञ्च
कर्णं तथान्यानपि योधवीरान् ।
 मया हतांस्त्वं जहि मा व्यथिष्ठा
युद्धस्व जेतासि रणे सपत्नान् ।। ३४ ।।

अन्वय र अर्थ – त्वं = तिमीले, मया = मद्वारा, हतां = मारिएका, द्रोणं च = द्रोणाचार्यलाई, भीष्मं च = भीष्मलाई, जयद्रथं च = जय द्रव्यलाई, कर्ण = कर्णलाई, तथा = त्यस्तै, अन्यान् अपि = अरु शूरवीर योद्धाहरूलाई पनि, जहि (घातय) = मार, मा व्यतिष्ठा (तेभ्यः भयं मा कार्षीः) = तिनीहरू देखि नडराऊ, युध्यस्व = युद्ध गर, सपत्नान् = शत्रुहरूलाई, रणे = युद्धमा, जेतासि (जेष्यसि) = जित्नेछौ ।

भावार्थ – मद्वारा निहत गरिएका द्रोण, भीष्म, कर्ण, जयद्रथ र अरू युद्ध गर्ने शूर वीरहरूलाई पनि तिमीले मार, भय भीत नहोऊ, शत्रुहरूलाई युद्धमा जित्नेछौ, अतएव युद्ध गर ।

विशिष्टार्थ – द्रोण = संस्कारजनित बुद्धि, भीष्म = अविद्याजनित अहंकार वा चिदामास, जयद्रथ = अभिनिवेश वा मृत्युभय, कर्ण = कर्तव्य कर्ममा अनुराग (पहिलो अ. को ८।९ श्लोकहरू हेर्नुहोस्)  र अरू युद्धमा सहचर वनेका वीरगण, त्यो नक्कली ”म” को आश्रयलिएर पहिले नै मरिसकेका छन् । फेरि अर्जुन तिमी ? तिमी असली ”म” मा रहेर विपक्षीहरूलाई युद्धमा जय त गरिसकका छौ – अब यसमा अरू के शंका छ ? 
सञ्जय उवाच –
  एतच्छ्रुत्वा वचनं केशवस्य
    कृताञ्जलिर्वेपमानः किरीटी ।
 नमस्कृत्वा भूय एवाह कृष्णं
   सगद्गदं भीतभीतः प्रणम्य ।। ३५ ।।

अन्वय र अर्थ – संजयः उवाच = सञ्जयले भने – केशवस्य = केशवको, एतत् = यो पूर्वोक्त, वचनं = वचनलाई, श्रुत्वा = सुनेर, वेपमानः (कम्पमानः) = थरथर काप्दै, किरीटी = अर्जुन, कृताञ्जलिः (सन्) = हात जोडेका छँदा, कृष्णं = कृष्ण भगवान्लाई, नमस्कृत्वा = नमस्कार गरेर, भीतभीतः (सन्) = भयले बारम्बार विहृलचित्त भएका छँदा, प्रणम्य (च) = नमस्कार गरेर पनि, भूयः एव = फेरि पनि, सगद्गदं = गद्गदवाणीले, आह = भने ।

भावार्थ – सञ्जय भन्दछन् – केशवका यी वचन सुनेपछि कम्पमान अति भीत अर्जुन, कृताञ्जलिले कृष्णलाई नमस्कार तथा बारम्बार प्रणाम गरेर गर्दै वचनले बोल्द छन् ।

विशिष्टार्थ–असिद्ध साधक ब्राम्हीस्थितिमा अड्किई रहन अथवा अनुभव सिद्ध विचारलाई लिएर ऊध्र्व गतिको क्रमले अधिक समयसम्म माथि उठ्न सक्दैन । अतः उसलाई तल ओर्लनु पर्छ । तल ओर्लेर उसले जुन अनुभव प्रत्यक्ष गर्दछ त्यो पनि आज्ञा चक्रद्वारा नै हुन्छ । पृथ्वी आदि पञ्चभू त मूला धारादि पाँच चक्रमा छन्, यी पञ्च भूत नै सर्व भनिन्छन् । आज्ञा चक्र यी पाँच चक्रभन्दा माथि छ । तलका यी पाँचलाई जय नगरिकन आज्ञा चक्रमा रहने अधिकार प्राप्त हुँदैन । जुन साधक यस आज्ञा चक्रमा रहन्छ त्यो नै पञ्च जयी हो र उसैलाई सञ्जय (सं+जय) भनिन्छ ।

 प्रभो ! तपाईको कीर्तन कस्तो हो यो मैले पहिले जानेको थिइन । परन्तु अब देख्दछु, जिब्रो पल्टाएर, दाँत र ओठहरू जोडेर गुरूप दिष्ट क्रियामा मूलाधारबाट यथानियम अनुलोभ विलोभद्वारा जुन प्राणको परिचालन हुन्छ (जसमा त्वं अहं एक हुन्छ) यही तपाईको मुख्य कीर्तन हो ।

'केशव' – के = जलमा, शव = मृतदेह अर्थात् प्रलय पछि प्रलय रसमा जुन अनन्तरूपले शव जस्तै निश्चित र नुनिलो पानीमा लवण जस्तै भासमान रहन्छन्, जुन अवस्थामा सृष्टिको अर्थात् उत्पादित्व (समागम)  को हर्ष, अनि संहारको अर्थात् प्रलय (अपगम)  को विमर्ष रहँदैन, यस्तो अवस्थापन्न जुन पुरुष हो उहाँलाई नै केशव भन्दछन् । (१० औ अ. को १४ औ श्लोक हेर्नुहोस्) 

साधक जब केशवा अवस्थालाई भोग गरेर तल ओर्लन्छ तब उस केशवको पूर्वावस्थाको स्मृति, केशव अवस्थाको अनुभव र वर्तमान अवस्थाको ज्ञान, यी सबै मिलेर जुन सर सत्ताको अनुभव हुन्छ त्यही नै केशवको वचन सुन्नुको आभास हो ।

'कृताञ्जलि'–यस समयमा ऊध्र्व दिशामा जाने लक्ष्य रहेर पनि माथि पुग्ने शक्ति रहँदैन । तथापि ऊध्र्वको लक्ष्य रहेका कारण निम्न गतिको पनि अवरोध हुन्छ । यो जुन दुबै गतिहरूको एकत्र मिलनको स्तंभन अवस्था छ, यसैलाई कृताञ्जलि भनिएको हो ।

'वेपमान' – भोग्यवस्तु सम्मुखमा विद्यमान छ, तर यस्तो समयमा स्पर्श गर्नुभन्दा पहिले नै अत्यन्त आसक्तिको कारणको दुर्बलताले जुन आत्मकम्पन हुन्छ, त्यसैलाई  'वेपमान' अवस्था भन्दछन् ।

'किरीट'– अर्थात् शिरोभूषण । असिद्धि तथापि सबै प्रकारले उत्साहयुक्त साधकको संज्ञा किरीटी हो । अर्थात् जुन साधक कार्य र गुणले सबै साधकहरूमध्ये शीर्षस्थानमा छ, त्यस्तालाई किरीटी भन्दछन् ।

'गद्गद' – अत्यन्त हर्ष, अत्यन्त दुःख, अत्यन्त भय, अत्यन्त विस्मय, अत्यन्त स्नेह, अत्यन्त उत्साह आदि वृत्ति समूहहरू एकत्रित भएर युगपत् भित्रबाट बाहिर आएर प्रकट हुने चेष्टा गर्दा नेत्रहरु अश्रु पूर्ण हुन्छन्, कण्ठरोध भएर अस्पष्ट स्वरको उच्चारण हुन्छ, त्यसलाई नै गद्गद भन्दछन् ।

' भीतभीतः  प्रणम्य' – हृदयमा जब माथिल्लो अवस्था समूहको युगपत् आविर्भाव हुन्छ, त्यस समयमा प्राणको प्राण छुट्ने त हैन भन्ने आशंकाले साधक बारम्बार भयले भीत हुन्छ, उसको अहंकार (गर्व) सबै भाग्द छ, झुकेर अन्तरस्थ वायुको वेगलाई धारण गर्न सक्दैन । स्वाभाविक दीर्घ निश्वास प्रश्वास (त्याग, ग्रहण) क्रिया गर्दछ । विषय वृत्तिको एकदम निरोध हुन्छ । अथवा भनौं यस्तो विभूति सँग मिलेर रहँदा ब्रम्ह नाडीको ठीक मध्येबाट श्वासको क्रम जाने आउने गर्नाले तल माथिको गति हुन्छ, यसैलाई नै प्रणाम भन्दछन् ।

यस अवस्थामा मुक्ति दाता प्रति जुन प्रेम स्वतः उत्पन्न हुन्छ त्यही कृष्णलाई गरेको भन्ने संकेत गर्दछ । यस अवस्थामा मायिक (चिदाभास, कर्मज संस्कार र कर्तव्यादि) कुनै वृत्तिको प्रकाश रहँदैन । त्यसैकारण वासनाको क्षय र साधनाको जीत हुनाले मुक्ति वा चिर शान्ति निश्चय हुन्छ । यस दृढ बोधको प्रकाश पाउनुले 'सञ्जय उवाच'  भनिएको हो ।

अर्जुन उवाच–
  स्थाने हृषीकेश तव प्रकीत्र्या
    जगत् प्रहृष्यत्यनुरज्यते च ।
  रक्षांसि भीतानि दिशो द्रवन्ति
    सर्वे नमस्यन्ति च सिद्धसंघा ।। ३६ ।।

अन्वय र अर्थ – अर्जुन उवाच= अर्जुनले भने – हृषीकेश = हे ऋृषीकेश ! तव = तपाईको, प्रकीत्र्या (माहात्म्यकीर्तनेन) = माहात्म्य कीर्तनले, जगत् = जगत्, प्रहृष्यति = हर्षित हुन्छ, अनुरज्यते च = प्रेमयुक्त पनि हुन्छ, रक्षांसि = राक्षसगण, भीतानि = डराएका छँदा, दिशः = दसै दिशातिर, द्रवन्ति = भाग्दछन्, सिद्धसंघाः = कपिलादि सिद्धसमूहहरू, सर्वे च = सबै नै, नमस्यन्ति = नमस्कार गर्छन्, (एतत् च = यो सबै), स्थाने (युक्तमेव) = उचित स्थानमा नै भएको छ ।

भावार्थ – अर्जुन भन्दछन् – हे हृषीकेश ! तपाईको माहात्म्य कीर्तनले जगत् हर्षित हुन्छ र अनुरागयुक्त पनि बन्छ,, राक्षसहरू डराएर दश दिशामा भाग्दछन् त्यस्तै सिद्धसमूह तपाईलाई नमस्कार गर्छन्, यो सबै नै युक्तियुक्त छ ।

विशिष्टार्थ– पुनः साधक प्रकृतिस्थ भएर पहिलेको अनुभूतिलाई स्मरण गरेर मनमनै भन्दछन्– हे हृषीकेश ! तपाईको यो अलौकिक विभूतिलाई प्रत्यक्ष गरेपछि तपाई प्रति जगत्को  जुन अनुराग हुन्छ यसमा कुनै सन्देह छैन । यस मार्गमा म देखिरहेको छु – अत्याचारी, अनाचारी राक्षसगण (काम, क्रोधादि शत्रुगण) भय भीत भएर दश दिशाहरूमा भाग्दछन् । अनि जगत्ले यस खुसियालीमा आफ्नो हृदयमा अनार जस्तै फुटेर परि पूर्णत्व देखाउँछ । (साधकले जब क्रियाको परावस्थाको पूर्वावस्था र परावस्थाको परावस्थामा यस अरूप रूपको दर्शन र स्मृतिको अनुभव गर्दछ, तब त्यो जगदानन्दको आनन्दमा विभोर हुन्छ ) । जसले प्राप्तिको प्राप्ति पाइसकेका छन् तिनै सबै सिद्ध गण एक दृष्टिले तपाईलाई हेर्दै 'त्वं र अहं' लाई एक गरेर प्राणायाम द्वारा तपाईलाई  नमस्कार गर्दछन् । अहो ! कस्तो ध्रुव सत्य वाणी हो । यो काय पनि ठीक उचित हुन्छ ।  प्रभो ! तपाईको कीर्तन कस्तो हो यो मैले पहिले जानेको थिइन । परन्तु अब देख्दछु, जिब्रो पल्टाएर, दाँत र ओठहरू जोडेर गुरूप दिष्ट क्रियामा मूलाधारबाट यथानियम अनुलोभ विलोभद्वारा जुन प्राणको परिचालन हुन्छ (जसमा त्वं अहं एक हुन्छ) यही तपाईको मुख्य कीर्तन हो ।

    कस्माच्च ते न नमेरन्महात्मन्
    गरीयसे ब्रम्हणोऽप्यादिकत्र्रे ।

    अनन्त देवेश जगन्निवास
    त्वमक्षरं सदसत्तत् परं यत् ।। ३७ ।।

क्रमश: