श्रमिक बरालको नयाँ गीत 'उषा मेरी उषा' को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

श्रमिक बरालको नयाँ गीत 'उषा मेरी उषा' को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ७, २०७९

साहित्यिक क्षेत्रमा श्रमिक बरालका नामबाट कलम चलाउनु हुने डा‍‌‍. खगराज बरालको नयाँ गीत 'उषा मेरी उषा' को म्युजिक भिडियो शिक्षा सङ्गीत युट्युव च्यानलबाट साउन २ गते ९जुलाई १८, २०२२० सार्वजनिक भएको छ ।

अरुणोदय हुने बेलाको झिसमिसे उज्यालामा पूर्व दिशामा अरुणो दयको आकाशको लालीलाई प्रतीकका रूपमा लेखिएको 'उषा मेरी उषा' लाई सङ्गीतकार तथा भिडियो निर्देशक राजु विश्वकर्माले बैशालु युवा युवतीको पिरतीमा उतारेका छन् ।

वि.सं. २०५२ मा नै श्रमिक बरालले सिर्जना गरेको यस गीतलाई वि।सं। २०७९ मा चर्चित गायक प्रवीण भेडवालको स्वरमा सजिएको छ । साथै, यस गीतमा गायिका रीता के.सी.ले कोरसमा साथ दिएकी छन् । सङ्गीत सर्जक रहेका राजु विश्वकर्माको परिकल्पना रहेको यस गीतमा मनोहर सुनामले सङ्गीत संयोजन (एरेन्ज) गरेका छन् ।

साथै, यस गीतमा गितार र सेक्सो फोन पनि मनोहर सुनामले नै बजाएका छन् । बाँसुरीमा गोपाल देव, रिदम्मा भरत बुढाथोकीले सघाएका छन् । साउन्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई भोला पौडेलले रेकर्ड गरेका हुन् । राजन पौडेल र अपेक्षा बस्यालद्वारा अभिनय यस गीतका निर्देशक राजु विश्वकर्मा हुन् भने भिडियो ग्राफी र सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका हुन् ।

यस गीतको उत्पादन राजन पौडेलले गरेका हुन् । गीतकार श्रमिक बरालका यस अगि खुशी बाँडे खुशी बढ्छ, आफ्नो मान्छे चिन्नै छाड्यौं भेट हुँदा तर्सियौं, पढेकाले थलो छाडे नपढेकाले हलो छाडे, उकालीमा चढिरहेँ ओरालीमा झरिरहेँ, तिम्लाई मैले छोडेपछि बाटो अन्तै मोडेपछि, उकालीमा तिमी चढ्यौं ओरालीमा म झरेँ, कोहीले भन्छन् मलाई लज्जालु, खोजिरहेँ सधैं भरि पर्खिरहेँ सधैं भरि, हाम्रो स्कुल राम्रो स्कुल हाम्ले बनाउने, गर्व गर्नुपर्छ आफ्नो जन्मभूमि प्रति, खुशी भई पढे, ब्युटी पार्लर जस्ता गीतहरू विभिन्न युबट्युबमार्फत सार्वजनिक भईसकेका छन् ।

'उषा मेरी उषा' को म्युजिक भिडियोलाई युट्युव अर्थात् यहाँ क्लिक गरे  हेर्न सकिनेछ ।