मेरो 'राष्ट्रिय गीत' 'स्वाभिमानी देशका  हामी कस्तो नेपाली' गीत रचनाका अन्तरकुन्तरका कुरा

मेरो 'राष्ट्रिय गीत' 'स्वाभिमानी देशका  हामी कस्तो नेपाली' गीत रचनाका अन्तरकुन्तरका कुरा

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  श्रावण ८, २०७९

'स्वाभिमानी देशका  हामी कस्तो नेपाली 
देशभित्र लड्न पर्ने आफैं हारि बाँच्न पर्ने 
किन फरक हामी नेपाली'

यो मेरो गीतका संगीतकार आदरणीय भाइ राजु एन राई हुनुहुन्छ भने गायकहरू क्रमश:  राजु एन राई, आभा मुकारुङ, सरला राई, कला,राई ,रुप कुमार राई, डाक्टर किरात, सत्य कला राईहरूले स्वर दिनु भएको  छ । आदरणीय कलाकारहरुलाई यो लेखमार्फत सम्मान व्यक्त गर्न चाहान्छु

मोवाइलमा कल आयो ।  म एमफिलको क्लास भित्र थिएँ   ।  देशमा प्रतिगमन  चर्केर आयो ।   माओवादी क्रान्तिले स्थापित गरेको आवाजलाई संविधान लेख्न अवरोध भयो ।  फेरि सडक क्रान्ति गर्नु पर्ने योद्धा कामरेडहरूलाई बाध्यता आयो ।  यसको लागि एउटा क्रान्तिकारी राष्ट्रिय गीत हजुरले लेखिदिनु पर्ने संगठनको निर्णय छ ।  संगीतकार डाक्टर किरातको आवाज थियो  यो । 

संविधान निर्माण गर्ने प्रक्रियाको अन्तिम साँझ हुँदै थियो । सिंहदरबारमा घरि बालुवाटारमा छलफल भन्दै दक्षिणपन्थी समूहका राजनीतिक दल,विदेशी शक्ति केन्द्र  र राजा वादीको प्रत्यक्ष  प्रभावले अस्थिरता सिर्जना गरिरहेको जटिल परिस्थिति थियो ।  प्रतिगमन कारी हरुको मुख्य प्रयास हिन्दु राष्ट्र संवैधानिक राजा पुनर्स्थापना राख्ने दाउमा थियो 

  प्रधानमन्त्री बाबुरामको समय सकिएपछि राजनीतिक वातावरण अस्तव्यस्त थियो ।  ठूलो रगतको बलिदान र क्रान्तिबाट माओवादीले स्थापित गरेको क्रान्तिकारी एजेन्डा तुहिने सम्भावना देखिँदै थियो ।  आफ्नो अनुकूल संविधान बनाएर षड्यन्त्रकारी शक्तिले कम्युनिष्ट जन क्रान्तिकारी माओवादीलाई कठघरामा उभ्याउने प्रपञ्च प्रधानमन्त्री प्रचण्ड भए देखि भइरहेका थियो ।

यथास्थिति वादीहरूले  बारम्बार संविधान बनाउन अवरोध गरेकोले जनताले दिएको संविधान सभाको समय सकिन केही अवधि मात्र बाँकी थियो । अब सडक क्रान्ति लोकतन्त्र गणतन्त्र वादीले नगरी सुख थिएन । क्रान्तिको लागि हरेक तहबाट आवाज उठ्न अपरिहार्य भइसकेको थियो ।

विहानको शीतल वातावरणमा गीत लेख्न जब थालें । आफ्नै देशमा थिचिएर मारिएर अपमान बाँच्न परेको वास्तविक समाज देख्न थाले ।  जाली झोलीबाट धेरै मान्छे अन्यायमा परेको देख्न थाले ।  सामन्ती राजाको तस्बिर देख्न थालें । दक्षिणपन्थी, नोकर शाही दलहरुको क्रुर अनुहार र तानाशाहको भयानक अनुहार सर्प झैँ फनफनी मेरो दिमागमा घुम्न थाल्यो  ।

 हामी यो देशका नागरिक होइनौं ? आफ्नो  देशमा बाँच्नको लागि लडाई लड्नै पर्ने रु अधिकारको लागि मुठ्ठी भर शासक विरुद्ध युद्ध गर्ने पर्ने ?  जस्ता प्रश्नहरूले  मेरो कलमबाट आक्रोशित भएर आयो । शब्दहरु आक्रोशित भएर हिँड्न तयार भए । विदेशी र जातीय अहंकार वाद राज्यको शक्तिको बिरुद्ध मेरा गीतका शब्दहरु जुरुक्क भएर आए  ।  आक्रोशित मेरा शब्दहरूलाई एक प्रकार नियन्त्रण गर्न असम्भव जस्तो भयो ।

माओवादी जनयुद्धको जग सबैलाई थाहा छ ।  एकात्मक हिन्दु जातीय शासनको अन्त्य गर्दै जनताको अधिकार समावेशी समानुपातिक पहिचानको पद्धती अनुरुप गाउँसम्म स्थापित गर्ने थियो ।  आत्म निर्णयको अधिकार र धर्म निरपेक्षता स्थापित गरेर पछाडि पारिएका पीडित जाति वर्ग जनजातिलाई पहिचान सहित उपस्थित गराउनु थियो ।  जसले एक जातीय रुपमा शासनको तर र घिउ खाइरहेका थिए ।  

षड्यन्त्रकारी  वर्गहरू माओवादी जान आन्दोलनलाई कथित नक्कली थियो भन्ने आरोप अहिले पनि लागिरहेका थिए ।  युद्धकालमा सामान्य मानिसहरूप्रति सरकारबाट क्रुर सैनिक दमन हत्या बलात्कार  थोपरी रहेका थिए । 

तसर्थ मैले गीत लेखिरहँदा यी घटनाहरुले मलाई झक झकाइ रह्यो । आक्रोशित बनाइरह्यो । मेरो छातीबाट कदापी हट्ने थिएन र हट्ने पनि छैन । मैले भोगेको देखेको अनुभव सत्य थिए ।  मलाई जीवनभर सताइरहेको विषय थियो यी ।

१. राजाको उर्दी थियो (एक भाषा एउटा भेष प्राण भन्दा प्यारो छ । अन्य जातजातिका भाषा देश विरोधी थियो ? अरु जातजाति यस देशका नागरिक होइनन् ? मेरो दिमागमा बिद्रोह थियो । अन्य भाषाभाषीको पुस्तक प्रकाशित गर्न पाइदैन थियो । स्वीकृति लिनु पर्ने वाध्यता थियो ।

२.हिन्दु राष्ट्र (संविधानमा लेखिएको थियो । अन्य धर्महरू नेपालको धर्म होइन रु वास्तवमा नेपालको प्राचीन जात र धर्म किरात थियो । अन्य धर्मपछि आएका थिए । अराजक राजाको शासनले  एक जात धर्मलाई मात्र संरक्षण गरिएको थियो ।  

३. सामन्ती समाजले मेरो आफन्तलाई निमोठेका तितो घटना स्मरण गर्दछु । मेरो मावलीमा दुर्घटना भयो । पञ्चायती शासनका कर्मचारी पन्च भलादमी हरुले मिलाइदिन्छौ भन्दै आँगनमा भव्य मासु र भात खाए । हलगोरु, गुजराती भैंसी, सुन सबै मागे ।  फेरि १ बिस हजार रुपैंयाको बार्गेनिङ अन्तिममा भयो । 

जीवनका महत्वपूर्ण पाइलाहरू नमिलेपछि हिँड्न कसैलाई पनि गाह्रो हुन्छ नै ।  उनको जीवन लामो समय विदेशमा बित्यो । जीवन कथा उतै समाप्त भयो ।  आफ्नो परिवार समाप्त भयो । यस्ता वाध्यता र पीडा नेपालीहरुको कसले बुझ्ने ? तानाशाह निरंकुश  राजाले यस्ता पिडा कतिलाई दिए ? यसको लेखाजोखा भएकै छैन । 

 त्यसको लागि मेरो बुबाआमाले सत्र तोला सुन कुरा मिलाउने बिचौलिया बिल भद्रलाई दिनु भयो । उनले सुन धरौटी राखे वा के गरे । पैसा मागे बमोजिम कर्मचारी 'भलादमी' लाइ दिइयो । केस मिलाएन । पछि सुन उकास्नलाई पैसा दिइयो । बिल भद्रले  कहिले सुन फिर्ता दिएनन् । उनले म तिर्न सक्दिन । गल्ति भयो । मैले मासे भने ! उनले लाचार भएर खेत खान दिए । उनैले रोपे कहिले उत्पादन अन्न दिएनन ।  मैले पछि मावली गाउँको मावली मान्छे भनेर छोडी दिएँ ।

 दुःख गरेर कमाएको सम्पति ठगहरूले २०३० सालमा खाएको दुखद कथा अस्ति सम्म बुबाआमाले बाँचुन्जेल सुनाउनु हुन्थ्यो । मेरो मन भावुक भएर चिसो हुन्थ्यो ।  त्यतिबेला आमाको अनुहार कालो देख्थेँ । पञ्चायत शासनको टाठाबाठा, प्रशासनको अगाडि कसैले बोल्ने हिम्मत थिएन ।  यस्ता घटना देशमा कति भए होलान् ? आज समाजमा त्यति  अराजक अवस्था छैन । नेकपा माओवादी राजनीतिले समुदायहरूमा अधिकारको चेतना दिएको छ । पहिचान र वहस गर्ने वातावरण सिर्जना गरेको छ  ।

माओवादी जनक्रान्तिले  समाजमा ठूलो जनचेतना ल्याएको छ । सामाजिक संरचनामा परिवर्तन ल्याएको छ ।  ढलीमली गरेर खाने सामन्ती लाई मन परेको छैन । यो जनयुद्धले नपुगे अर्को युद्ध लड्न तयार हुनु पर्छ । कोही राज्यको रस खाएर बस्ने कोही आफ्नै माटोमा अपहेलित भएर कसरी बाँच्न सक्छ ? भन्ने यो गीतको आशय छ । 

 आज दलितले दलिएर बाँच्नुपरेको छ । उनको नालिस उजुर कतै लाग्दैन । निरंकुश हिन्दु जातिय व्यवस्थाले जिउँदै मारेको छ । दास, नोकर अछुत बनाएको छ । जसलाई प्रयोग गरेर धर्म भीरुहरूले आत्म सन्तुष्टि लिन्छन् ।  आफ्नो गौरव ठान्छन् अन्तत !  गौरवपूर्ण क्रान्तिलाई मन पाउदैनन् ।

४. मलाई संस्कृत भाषा अध्ययन गर्न बाल्मिकी क्याम्पसले दिए । अरु त कुरा छोड्नुहोस् । अहिले जस्तो भए म के गर्थे होला भन्न सक्दिनँ ।

दौरासुरुवाल मन पराउँथे । एक भाषा एक भेष भन्ने राजाको सामन्ती आदेशको कारण  मलाई घृणा पलाएर आयो । मैले लगाउन छोडेको धेरै भयो । किराँतीहरूले काठमाडौंमा कृषि, भाँडाकुँडा, लत्ताकपडा दौरासुरुवाल, छिटको सारीको आविष्कार गरेका थिए । त्यो समय चीन भारतको यहाँ व्यापारिक केन्द्र थियो ।

 अहिले पनि हेर्नोस् काठमाडौंका खाँटी नेवारले आफ्नो तीय ड्रेसको रुपमा हातले बुनेको खाडी कपडाको लुगा लगाउँछन् ।  किराँतका एक हाँगा यी नेवार थिए । हरेक परम्परा किराँतीसँग मिल्छ । नेवारले यलम्बर भनेर अहिलेसम्म आकास भैरवलाई हनुमान ढोकामा पुज्ने गर्छन् । जहाँ किरात राजा यलम्बरको दरवार थियो । चतुर इतिहासकार हरुले यस्ता कुरालाई अन्त्यै मोडी दिए ।

 भारतमा पनि ब्रिटिसले यस्तै इतिहास लेखेका कारण कलकत्ताका विद्धानहरूले असीको दशकमा सवाल्टन सिद्धान्तको प्रतिपादन  नै गरेका थिए । आफ्नो इतिहास आफैंले लेख्ने पर्छ भन्ने सिद्धान्त हो । मधेशले आफ्नो परम्परा ड्रेस भेषभुषा त्यागेर दौरा सुरुवाल लगाउन सक्छ ?  हिमाली सेर्पा, गुरुङ मगर, तामाङले आफ्नो भाषा ,लुगा त्यागेर अर्काको लगाउन सक्छ ?  प्रजातन्त्रमा अन्याय हो ।

 मानव शास्त्री डोरबहादुर बिष्ट भाग्य वाद र विकासवाद  भन्ने पुस्तकमा भन्छन् - 'लुगा लगाउनु मान्नु नमान्नु प्राकृतिक स्वतन्त्रता हो ' मानव शास्त्रीहरुको भनाइमा भाषाको अन्त्य भएमा, जाति, नश्लको अन्त्य हुन्छ । निरंकुश राजाको पालामा खस भाषा मात्र बोल्न लेख्न पाइन्थ्यो । 

अन्य भाषा लेख्न प्रयोग भएमा राष्ट्रद्रोही भनेर जेल ठोक्थ्यो । २०३४ सालमा मेरो बुबाले भुइँ दल राईलाई किराती भाषामा पुस्तक छाप्न दुईसय रुपैया चन्दा दिनु भएको रहेछ । पुलिसले समातेर दिक्तेल, भोजपुर हुँदै राजविराज जेल चलन गरेको थियो । यो भयानक अपमान दमन थियो । मैले बिर्सने कुरै भएन ।

 हिन्दु राज्य सत्ताले नेपालमा आदिवासीलाई लामो समय अन्यायपूर्ण सामाजिक ,धार्मिक दमन गरेको थियो । २०७२ को संघीय संविधानमा बडो चलाखीपूर्वक आर्यन हरुले वास्तवमा खस आर्यन समुह लेख्न  भ्याएनन् ।  खस प्रदेश हुनु पर्छ भनिँदै थियो । तर आर्यनको ऐतिहासिक थातथलो कतै निश्चित थिएन ।

 अन्यथा नठान्नु होला यो वास्तविक नेपाली समाजको मानव शास्त्र हो । सुटुक्क त्यसैले कुरो मोडेर आफूलाई खसभित्र समाहित गरे । खस भनेको जाति अर्कै हो आर्य होइन् । आर्य मात्र भनियो भने सिंगो भारत र युरोपका मानिसहरु आर्य हुन् ।  स्कुल तहमा जवरजस्ती एक भाषालाई प्राथमिकता दिएर अन्य भाषाको अन्त्य गरे । एक धार्मिक कथा सिकाएर अन्य धर्मको अन्त्य गर्ने कोसिस गरे । 

यस प्रकारको साम्प्रदायिक काम राज्यबाट अब नहोस भन्ने मेरो गीतको हार्दिक आग्रह हो । सबैले राज्यको सेवा जनसंख्याको आधारमा समानुपातिक रुपले पाउन पर्छ । अझ भावनात्मक एकता भएको छैन माटोले मात्र पुग्दैन भन्ने मेरो गीतको आसय हो ।

अनेक अराजक सामन्तवादी राज्य सत्ताको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालमा युद्ध प्रारम्भ थाल्यो ।  नेपालका किसान, दलित, मुसलमान,आदिवासीहरु जुरुक्क उठे । पञ्चायतका कट्टरहरुले आफ्नो स्वार्थको लागि राजाको दमनकारी शासनलाई समर्थन गरेका थिए ।  २०३५/३८ साल समय सम्झन्छु ।

खोटाङ हाइस्कुल अध्ययन गरिरहेका केही विद्यार्थीहरु कम्युनिष्ट भएको आरोपमा समातिए ।  डरले हो वा आफू राजनीतिक इतर भएको कारण स्कुलबाट उनीहरुलाई कम्युनिष्ट नै हुन् भन्ने अर्थमा आफ्नो विद्यार्थीलाई निस्कासित गरे । अल्लारे ठिटाहरु ज्यान जोगाउन भारत अन्य ठाउँ पलाएन भए ।  केही शिक्षकहरु वारेन्ट तारिखमा परे ।

 त्यसको एक उदाहरण १ तत्कालीन गाविस इन्द्रेणीपोखरी स्थित कात्तिकेका पीडित कलिलो ठिटो कल्याणकुमार राई थिए । ज्यान बचाउन भागे । कलिलो उमेर, कम्युनिष्ट विचार भएको करण परिस्थितिले अध्ययन गर्ने साथै राम्री समालिने बुझ्ने अवसर नै पाएन ।  भागेर विदेश जान वाध्य भए । 

जीवनका महत्वपूर्ण पाइलाहरू नमिलेपछि हिँड्न कसैलाई पनि गाह्रो हुन्छ नै ।  उनको जीवन लामो समय विदेशमा बित्यो । जीवन कथा उतै समाप्त भयो ।  आफ्नो परिवार समाप्त भयो । यस्ता वाध्यता र पीडा नेपालीहरुको कसले बुझ्ने ? तानाशाह निरंकुश  राजाले यस्ता पिडा कतिलाई दिए ? यसको लेखाजोखा भएकै छैन । 

 क्षतिपूर्ति राजाले दिने की नदिने ? केही स्वार्थी व्यक्ति अझ हिन्दु राजाको देन विषयमा चर्चा गर्छन् ।  धर्मभीरुहरूले अझ जातीय दास समाजको अहम् कल्पना गर्छन् ।  जसले नेपालको समाज शास्त्र मानवशास्त्र बुझेका छन् भन्न सक्दिनँ । 

राजाले माओवादी युद्धमा घुँडा टेक्दै थियो । जन मुक्ति सेनाले संसार थर्कि रहेथ्यो । मेरो बुबा आमा पहाड घरमा हुनु हुन्थ्यो । मौका पर्दा काठमाडौंबाट भनि रहन्थें । कोही माओवादी आएछन् भने बासको सहयोग गर्नु होला । पछिसम्म पनि आमाले फलानो फलानो नानीहरु कता गए होलान् भनिरहनु हुन्थ्यो ।  जिल्ला प्रशासनबाट मलाई खबर आयो- 'तपाईँको घरमा माओवादी बस्छन् भन्ने सुनियो । क्रस फायर हुनसक्छ । बाबु आमालाई सम्झाई दिनु होला . कुनै संभावित घटनाबाट बच्न राम्रो होला' त्यसको जवाफमा मैले भनेको थिएँ- 'म यता छु । मलाई थाहा छैन' 

गीतको रचना गर्भ लेख्दै जाँदा विषय वस्तुको सान्दर्भिकता थपिदै आयो 'नभनौं मनको पीडा मनभित्रै पाक्ने भयो भनौं अलिक लामो भयो'

काठमाडौंमा कामरेड सिपि गजुरेलका परिवारलाई घरमा सेल्टर दिएको थिएँ । सामन्ती एकल जातीय हिन्दु राज्य सत्ताको विरुद्ध जनयुद्ध चरम उत्कर्षमा थियो । सिपि गजुरेल चेन्नाइ भारतमा समातिनु भयो । त्यसपछि रातभर निद्रा लागेन । प्रहरीले घर डेरामा बस्नेहरुको नागरिकता साथ फारम भरेर बुझाउन घरधनीलाई अनुरोध गरेको थियो । कामरेड सिपि गजुरेलको जानकारी प्रहरीमा पुगेको भए म दोहोरो कारबाहीमा समाप्त हुने सम्भावना थियो । प्रायस् हामी त्रासमा हुन्थ्यौं । केहि भन्दैन्थ्यौँ ।

 डरको सम्भावना पहिलो संविधान सभाको अन्तिम समयसम्म थियो । किन भने संविधान सभाको परिस्थिति कसरी स्थायित्वमा बद्लन्छ  जटिल राजनीतिक मोड थियो । यो अवधिसम्म कामरेड गजुरेल दाइले काठमाडौं सेन्टरमा काम दिनुभएको थियो । साथीहरुसँग वानेश्वर कतै छोटो भेट हुन्थ्यो । स्पष्ट परिचय हुँदैन थियो । सबैका नाम छद्म थिए । जब वातावरण स्पष्ट भएर राजनीतिक पूर्णरुपले बाहिर आयो । मलाई प्रथम पल्ट अध्यक्ष कामरेड प्रचण्डसँग भेट सोह्रखुट्टेमा गराउनु भयो । आशा पनि ठूलो दिनु भयो ।  कुनै दिन कमरेडलाई सोधौँला ।

 एक दिन कामरेड गजुरेलले भन्नुभयो- अब काठमाडौंमा काम गर्ने कि खोटाङबाट गर्ने ? मैले भने- मेरो जिल्लाका कामरेडहरूसँग जोडिएर काम गर्न चाहन्छु ।  कामरेड पूर्वी इन्चार्ज गोपाल किराँतीसँग भेट्ने कि ? मैले रामकुमार कामरेडको नाम लिएँ । त्यसपछि रामकुमार राईसँग बानेश्वरमा भेटघाटको वातावरण मिल्यो । 

सय पूर्णाङ्कको मार्क्सवाद एमए समाज शास्त्र मानव शास्त्रका  विद्यार्थीलाई एक्काइस वर्ष लगातार अध्यापन गराएँ ।   मार्क्सले युद्धमा  बुर्जुवासँगको  भौतिकवाद लडाइँबाट समाज पुँजीवाद हुँदै अन्तत साम्यवाद अर्थात् समाजवादमा रुपान्तरण हुन्छ भनेका थिए ।  संघर्ष सत्य हो भनेका थिए । माओले कानुन बन्दुकको नालबाट निस्कन्छ भनेका थिएँ । क्रान्तिको रुप समय अनुरुप फेरिँदो रहेछ ।  सम्झन्छु यी कामरेडहरूले ज्यान त्यागेर अन्याय, विभेदको विरुद्धमा क्रान्ति नगरेको भए !  म यो गीत, लेख लेख्न यसरी कहाँ पाउँथे र ?

 देशले परिवर्तनको फड्को मार्ने थिएन । तैपनि देश नोकर शाही, पुँजीपति दलालको हातमा फसेको छ । समानुपातिक समावेशीता हराएको छ ।  हेर्नुहोस त हरेक पल्ट राजदूत नियुक्तिमा समावेशीता हटाएको छ । सरकार टेन्डरमा चलेको देखिन्छ । भारतमा असि प्रतिशत समावेशी छ भने बिस प्रतिशत खुलामा प्रतिस्पर्धा गर्छन् । भाषा र जतिको आधारमा राज्यको नामकरण भएको देखिन्छ ।

जीवनका यस्तै अनुभव मेरो गीतको मूल तत्व हो ।  मैले यस्तै आफ्नो सुख दुःखको पृष्ठभूमिमा लेखेको थिएँ ।  नाचघरमा विमोचन भएको समय रेकर्डिङ गीत सुन्ने अवसर पाएँ । जतिबेला दोस्रो पटकको संविधान सभाको माग गर्दै विभिन्न मोर्चाहरू सडक आन्दोलनमा थिए । मैले गीतभित्र अलिक काव्यिक, दार्शनिक क्रान्तिकारी शब्दहरु प्रयोग गरेको थिएँ ।  एक दुई शब्द बदलिएको पाएँ । कताकता खिन्न भएँ । भन्नु केही थिएन । 

अहो ! मनको कुरा लामो भयो  । यहीं बिट मार्छु । अर्को पल्ट फेरि अर्को गीत मार्फत आत्म वृत्तान्त लेख्ने नै छु ।
 
अन्त्यमा ! गीतको भावार्थ वास्तविक जीवनसँग प्रभावित हुँदोरहेछ  । गीत मान्छे जस्तै रुन्छ ,गुनासो गर्छ । मान्छे मर्छ गीतको मर्दैन । मैले कोरेको यो राष्ट्रिय गीत, क्रान्तिको गीत, चेतनाको गीत भयो वा भएन । आफैं ठोकेर भन्न असमर्थ छु । तर वकालत गर्ने हैसियत राख्छु ।  भोगाई कुनै महत्वपूर्ण जीवनको क्रान्तिमा काम लाग्दो रहेछ । फेरि सबैलाई धन्यवाद भन्दै बिदा चाहन्छु ।  सेवा,धन्यवाद । 
यो गीत सुन्नलाई यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।