कार्ट्स रेसिङ प्रतियोगतमा कोर्निभा महर्जन विजयी

कार्ट्स रेसिङ प्रतियोगतमा कोर्निभा महर्जन विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ८, २०७९

काठमाडौँ ।  नेपाल अटो मोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ काठमाडौँ इन्जिनीयरिङ्ग कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्स कार्यक्रम अन्तर्गत  Schools To Track Karting Competition  सम्पन्न भएको छ ।

नासा नेपाल अध्यक्ष  दशरथ रिसालका अनुसार शनिबार अबेर हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छिन् । बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले चौबिस दशमलब दुइ तिन सेकेन्डमा ल्याप पुरा गरिन् । दोश्रो स्थान हासील गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् । विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ्ग कलेज, कसमस कलेज र न्याथमका ३५ जना  विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागीता रहेको फर्मुलावान इन स्कूल्स नेपालका कोर्डिनेटर, सुयोग खनालले बताएका छन् । 

प्रतियोगिताको सुरुवातमा एफआइए वर्ल्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गर्नुभएको थियो ।