पुष्पलाल मित्रता केन्द्र : जन बहसमा 'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति'

पुष्पलाल मित्रता केन्द्र : जन बहसमा 'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७९

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले 'विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति'  विषयक एक  जन बहस कार्यक्रमको आयोजना गरेकाे छ ।

पुष्पलाल मित्रता केन्द्र काठमाडौंले असंलग्नता र राष्ट्रियतामाथि देखिएको गम्भिर चुनौतीलाई मध्यनजर गर्दै जन बहस कार्यक्रमको आयोजना गरिएको केन्द्रले जनाएको छ । 

कार्यक्रममा  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ । विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले  ‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक रहेको उहाँले बताउनु भयो ।

‘इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’ उहाँले कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नहुनेमा जोड दिनुभयो ।

‘मैले र  प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्त चिठी पठाउनुस् ढिला ढाला हुने काम नहोस् भन्यौं’ नेपालले भन्नुभयो , ‘जनताको तहबाट पनि आवाज उठ्नुपर्छ । जनता सजक हुनुपर्छ । नेपाली राष्ट्रियता जोगाउने भनेको नेपाली जनता हुन् । जनतामा चेतना र जागरण आयो भने आवाज बुलन्द हुन्छ ।’ एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीको समन्वयमा भएको नेपालले बताउनु भयो  ।

‘नेपालले एसपीपी सम्झौताको पत्र पठाएको रहेछ । आर्मीले पठाउनै नहुने पत्र पठाएको रहेछ । त्यो पनि प्रधानमन्त्री केपी ओलीको स्वीकृत लिएर पठाएको रहेछ । विडम्बना भयो’ नेपालले भने, ‘त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दियौँ । दिएपछि स्वीकार गर्ने नेपाली सेनाले पनि अस्वीकार गर्ने कुरा भयो ।’

अध्यक्ष नेपालले मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको भन्दै नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी समेत दिनुभयो ।

मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने आवश्यक्ता रहेको भन्दै अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारेपनि त्यसमा राष्ट्रिय सहमती जुटाउने काम हुन नसकेको बताउनु भयो ।

जन बहस कार्यक्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अलवा  नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठ, चीनका लागि पूर्व नेपाली राजदूत डा‍‍. महेश मास्के, डा.खगेन्द्र प्रसाई लगायतले सम्बोधन गर्नु भएको थियो ।

असंलग्नता र राष्ट्रियतामाथि देखिएको गम्भिर चुनौतीलाई मध्यनजर गर्दै जन बहस कार्यक्रमको आयोजना गर्न लागिएको खतिवडाले प्रस्ट पार्नु भएको छ । कार्यक्रम दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजना हुनेछ ।

नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष तथा  पुष्पलाल मित्रता केन्द्र पनि उपाध्यक्ष जयन्ती राईद्वारा स्वागत गरिएको  कार्यक्रमको अध्यक्षता पुष्पलाल मित्रता केन्द्र जगन्नाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।