नेपाल प्रेस युनियनमा शिव लम्साल

नेपाल प्रेस युनियनमा शिव लम्साल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७९

काठमाडौं । हेटौडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचन समितिका अनुसार  ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले १९ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६८५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत प्राप्त गरे ।

यसैगरी खुला दुई उपाध्यक्षमा नकुल अर्यालले ७ सय ७५ मत प्राप्त गरे भने भीष्मराज ओझा ६ सय ४० मत प्राप्त गरी विजयी भए । उनीहरुका निकटतम प्रतिद्वन्द्वी राममणि दाहालले ५ सय ९५ र शेखर रेग्मीले ३ सय ९५ मत पाए । महिला उपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याएर निर्वाचित भइन । उनका निकटम प्रतिद्वन्द्वी कल्पना शर्माले ६ सय १९ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए भने प्रदेश १ को उपाध्यक्षमा डिल्लीराम खतिवडाले ५ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वीहरु हेमराज दाहालले ४ सय २९ मत र लबदेव ढुंगानाले २ सय ९० मत प्राप्त गरे ।

मधेश प्रदेशबाट उपाध्यक्षमा अनिल कर्ण ६ सय ४८ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार रोशनकुमार न्यौपानेले ६ सय २३ मत प्राप्त गरे । यस्तै बागमित प्रदेशको उपाध्यक्षमा डा। मुरारी अधिकारीले ६ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गिरिजाप्रसाद अधिकारीले ६ सय ४७ मत मात्र प्राप्त गर्न सके ।

गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६ सय ७३ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार ओमकार आचार्यले ६ सय १ मत प्राप्त गरे । यस्तै लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७ सय १ मतसहित निर्वाचित भए भने उनको निकटम प्रतिद्वन्द्वी जनार्दन घिमिरेले ५ सय ८२ मत प्राप्त गरे । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९मत सहित विजयी भए भने अर्का उम्मेदवार भानुभक्त खड्काले ५ सय ९९ मत प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चुनारा ५ सय ५२ मतसहित विजयी भए । मुकुन्दप्रसाद भण्डारीले ५ सय ४१ मत प्राप्त गरे भने मीनबहादुर बमले १८९ मत प्राप्त गरे । उपत्यका उपाध्यक्षमा जीवन भण्डारीले ८ सय ४२ मत प्राप्त गरी विजयी भए भने अर्का उम्मेदवार निरज खतिवडाले ४ सय ६२ मत प्राप्त गरे ।

महासचिवमा दिलिप पौडेलले ८ सय ७८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी जगन्नाथ दुलालले ४ सय ५१ मत मात्र प्राप्त गरे ।

उपमहासचिवमा कमल पन्त ५ सय ७७ मतसहित विजयी भए । युवराज गौतमले ७ सय ३७ मत र रविन्द्र सुवेदी ५ सय ५८ मतसहित विजयी भए । पराजित उम्मेदवार केशव सावदले ५ सय ५६, विष्णु खड्काले ४ सय ९४ र सन्तोष रेग्मीले ५ सय ४४ मत प्राप्त गरेका थिए ।

महिला उपमहासचिवमा सुलोचना गौतमले ६ सय ९० मत र दिलिपाश्री अधिकारीले ६ सय ८१ मत प्राप्त गरी विजयी भइन् । उनीहरुका निकटम प्रतिद्वन्द्वी जानुका बरालले ६ सय ८१ मत र कुसुम विक ९सेञ्चुरी० ले ५ सय ९ मत पाएकी थिइन । समावेशी उपमहासचिवमा अभयकुमार राईले ७ सय १३ मत प्राप्त गरेका थिए भने पराजित पवन श्रेष्ठले ५ सय २९ मत प्राप्त गरे ।

खुला सचिवमा केदारप्रसाद दाहाल ९६७७०, खगेन्द्र भण्डारी ९६४८०, तीर्थराज बस्नेत ९५८००, भुवन शर्मा ९६३७० मत प्राप्त गरी विजयी भए । उनीहरुका प्रतिद्वन्द्वी खगेन्द्रप्रसाद घिमिरे ९४५७०, गुरुप्रसाद गौतम ९५७१०, लोकेन्द्र भट्ट ९५५७० विजयी रेग्मी ९५२६० मत प्राप्त गरेका थिए ।

सचिव महिलामा मेनुका ढुंगाना ९८०१०, रेजिना गौतम ९६३९० र पुष्पा शर्माले ९६४४० मत प्राप्त गरी विजयी भइन । पराजित रोजी ढकाल पराजुलीले ९६३३०, माला पालुङ्वा लिम्बु ९६०२० मत प्राप्त गरेका थिए । आदिवासी जनजाति सचिवमा लाल कुमार मुक्तानले ७ सय ४२ मत प्राप्त गरी विजयी भए भने पराजित सुशील थकालीले ५ सय ५ मत प्राप्त गरे । मधेश सचिवमा अजीत तिवारीले ६ सय ५४ मत प्राप्त गरी विजयी भए भने पराजित ओमप्रकाश साहले ५ सय ८६ मत प्राप्त गरे ।

दलित सचिवमा राजन रुचाल ९६४४० मत प्राप्त गरी विजयी भए भने पराजित सन्तोष गन्धर्वले ९६३१० मत प्राप्त गरे । पिछडिएको सचिव पदमा एलपी देवकोटाले ६ सय ६२ मत प्राप्त गरी विजयी भए । पराजित दयाराम पण्डितले ६ सय ३३ मत प्राप्त गरेका थिए । थारु सचिव पदमा सहदेव चौधरी ९थारु०, अनलाइन माध्यम सचिवमा छाँयाचन्द्र भण्डारी र टेलिभिजन माध्यम सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका थिए ।

खस आर्य सचिवमा युवराज रेग्मीले ६ सय ३४ मत प्राप्त गरी विजयी भए भने पराजित टेकराज जोशीले ६ सय २८ मत प्राप्त गरेका थिए । यस्तै रेडियो माध्यम सचिवमा नरहरि सापकोटा ७ सय ३४ मत प्राप्त गरी विजयी भए । उनको प्रतिद्वन्द्वी डम्बरबहादुर बमले ५ सय ३३ मत प्राप्त गरेका थिए । छापा माध्यम सचिवमा राधा खनाल ७ सय ३० मत प्राप्त गरी निर्वाचित भए भने पराजित श्यामप्रसाद खतिवडाले ५ सय ४६ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा माधव धिताल ६ सय ७४ मत प्राप्त गरी निर्वाचित भए ।उनका निकटतम प्रतिद्वन्द्वी रमेश वाग्लेले ६ सय ४६ मत प्राप्त गरेकाे समेत निर्वाचन समितिले जानकारी दिएको छ ।