गरिमा विकास बैंक र  ‘सिराई होटल’ तथा ‘एनपिआई नारायणी अस्पताल’ बीच छुट दिने सम्झौतामा हस्ताक्षर

गरिमा विकास बैंक र  ‘सिराई होटल’ तथा ‘एनपिआई नारायणी अस्पताल’ बीच छुट दिने सम्झौतामा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १०, २०७९

यस विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । 

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशत सम्म र फुड एण्ड वेभरेजमा १०प्रतिशत छुट पाउन सक्नुहुनेछ । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । 

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।