आरुघाट स्थित स्वास्थ्य शाखालाई आठलाख बराबरीको स्वास्थ सामाग्री हस्तान्तरण

आरुघाट स्थित स्वास्थ्य शाखालाई आठलाख बराबरीको स्वास्थ सामाग्री हस्तान्तरण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ११, २०७९

गोरखा । गोरखा जिल्लाको आरुघाट गाउँपालिका  स्थित स्वास्थ्य शाखामा नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।

२० वटा अक्सिजन सिलिन्डर सहितका स्वास्थ सामाग्री नेकपा समाजवादी गोरखाका नेता तथा नेपाल कृषि मजदुर संगठनको केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्काले आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ,  आरुघाट गाउँपालिका वडा नं ९ का वडा  अध्यक्ष बुद्धि  प्रसाद श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख प्रविन थापालाई  २०७९ साउन १० गते हस्तान्तरण गर्नु भएको छ । 

नेकपा समाजवादी गोरखाका नेता तथा नेपाल कृषि मजदुर संगठनको केन्द्रिय अध्यक्ष उत्तर बहादुर खडका पहल विशेष पहलमा प्राप्त आठ लाख बराबरको स्वास्थ सामाग्री नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको थियो । 

बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै  स्वास्थ सामग्री हस्तान्तरण गरिएको  समारोहमा आरुघाट युवा क्लबको अध्यक्ष सन्जय मान श्रेष्ठ (रमेश) उक्त क्लबका सदस्यद्वय राजिव बोहोरा र सिजन श्रेष्ठ ,समाजसेवी निर्मल खड्काको समेत उपस्थिति रहेको  थियो ।