समाजवादी प्रेस संगठन नेपाल पर्साको अधिबेशन साउन १८ मा

समाजवादी प्रेस संगठन नेपाल पर्साको अधिबेशन साउन १८ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७९

पर्सा ।  समाजवादी प्रेस संगठन नेपाल पर्साको अधिबेशन यहि साउन १८ गते वीरगन्जमा हुने भएको छ । समाजवादी प्रेस संगठन नेपाल पर्साको बिहिवार बसेको बैठकले अधिवेशन १८ भव्य  र सभ्य तरिकाले वीरगन्जमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशनमा सहभागी हुने सदस्यहरुको अध्यावधिक पनि गरेको छ ।

त्यसैगरी बैठकले अधिवेशन सम्पन्न गर्नका संगठन पर्साका अध्यक्ष मनोज पटेलको संयोजकत्वमा ७ सदस्यीय तयारी समिति गठन गरेको छ । जसमा संगठनका उपाध्यक्ष द्वय शम्भु कुमार सुमन,प्रकृति अधिकारी,सचिव अजय चौरसिया,सह सचिव बिनोद पटेल ,कोषाध्यक्ष हरिशंकर शर्मा र सचिवालय सदस्य नरेश सर्राफ रहेका छन् । 

संगठन पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न भएको वैठकमा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश प्रदेशका सह–इन्चार्ज राघव साह, मधेश प्रदेश संयोजक बृजलाल पासवान,केन्द्रिय सदस्य एवं पर्सा केन्द्रीय प्रतिनिधि रमेश सुवेदी लगायतको उपस्थिती रहेको थियो ।