शोभा अर्जुन संगीत कोष: बिज्ञ दिपक कुलुलाई सम्मान र सुष्मा विशुन्खेलाई प्रोत्साहन छात्रवृत्ति

शोभा अर्जुन संगीत कोष: बिज्ञ दिपक कुलुलाई सम्मान र सुष्मा विशुन्खेलाई प्रोत्साहन  छात्रवृत्ति

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण १२, २०७९

लोक संगीत की प्रध्यापक तथा गायीका शोभा तिवारी लोहनी को ६९ औ जन्मजयन्ती को अवसरमा आयोजना गरिएको कार्यक्रममा शोभा अर्जुन संगीत कोषको तर्फबाट  नेपाली ताल बाजा का निर्माणकर्ता,बाजाका  बिज्ञ दिपक कुलुलाई सम्मान गरिएको छ ।

ललितकला क्याम्पसका बिएफ ए तेस्रो वर्ष मा अध्ययनरत  विद्यार्थी सुष्मा विशुन्खेलाई १० हजार राशी को प्रोत्साहन स्वरुप छात्रवृत्ति पनि  प्रदान गरिएको थियो  ।

 उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष तथा प्राध्यापक तिवारीको छोरा आशिष तिवारी तथा नेपाली ताल बाजाका  वरिष्ठ वाद्यवादक न्हुच्छे बहादुर डंगोलले  संयुक्त रुपमा दीप प्रज्वलन  गरि शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा प्राध्यापक तिवारीको छोरी ऋचा शर्मा तिवारी ले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषले आयोजना गरेका कार्यक्रमहरु माथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रम मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी सुष्मा विशुन्खे ले केहि लोक गीत तथा लोक भजन प्रस्तुत गर्नुभएको थियो भने उहाँलाई वाद्यवादनमा  Folk Tunes Nepal वाद्यवादक सुजन गोपालीले साथ दिनुभएको थियो।

त्यसैगरि उक्त कार्यक्रममा नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष राम प्रसाद कंडेलले सम्मानित व्यक्तित्व दिपक कुलुको बाजाको शीप बारे प्रकाश पार्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाली लोक संगीत ,बाजा का मूर्धन्य व्यक्ति न्हुच्छे बहादुर डंगोलले नेपाली लोक संगीतको आजको अवस्था,त्रि‍.वि.वि.मा  लोक संगीत को अध्ययन अध्यापन को अवस्था तथा नेपाली लोक बाजा संग्रहालयको अवस्था खस्कँदै गएको र यसलाई  बचाउन सबै लागी पर्नु पर्ने र प्राध्यापक तिवारीको संगीत प्रतिको लगाव र उहाँ को  विद्यार्थी काल , रेडियो नेपाल मा गीत गाउँदा लगायतका जीवनका विभिन्न कालखण्डका बारेमा स्मरण गर्नुभयो।

कार्यक्रम को समापन गर्दै कोषका अध्यक्ष तथा उक्त कार्यक्रमको सभापति आशिष तिवारीले  भविष्यमा कोषले अझ आफ्नो कार्यक्रमहरु विस्तार गर्ने लक्ष्य लिएको र नेपाली लोकबाजा,लोकगीत तथा संस्कृति को संरक्षणमा पनि युवापुस्ता जागरुक हुनुपर्ने कुरा बताउनु भयो। उहाँले सबै नागरिक समाज,लोक संगीतको हस्तीहरु ,मान्यजन हरु को साथ ,सहयोग , मार्गदर्शन लाई सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रम को समापन गर्नु भएको थियो। 

उक्त कार्यक्रम शोभा अर्जुन संगीत कोष को आयोजना तथा नेपाल लोक बाजा संग्रहालयको सह आयोजनामा नेपाल लोक बाजा संग्राहलय, त्रिपुरेश्वर मा गरिएको थियो।