सम्मानित नेता र समाजवादी प्रेस संगठनको विदेश विभागको टोली बीच छलफल

सम्मानित नेता र समाजवादी प्रेस संगठनको विदेश विभागको टोली बीच छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख  झलनाथ  खनालसँग समाजवादी प्रेस संगठन नेपालको विदेश विभागको टोली बीच समसामयिक विषयमा  छलफल भएको  संगठनले जनाएको छ । 

डल्लु स्थित खनाल निवासमा सम्पन्न छलफलमा समसामयिक भू-राजनीतिक राजनीतिक अवस्थिति, बिआरआई, एमसीसी, एसपीपी, ईपीजीको प्रतिवेदन र नागरिकता विधेयक लगायतका विषयमा  पार्टी र संगठन बीच समान धारणा विकास गर्नको लागि छलफलको शुभारम्भ गरिएको  समाजवादी प्रेस संगठन नेपालको विदेश विभाग प्रमुख ऋतुराज सुवेदीले जानकारी दिनु भएको छ  ।

समाजवादी प्रेस संगठन नेपालका महासचिव भूपराज खड्काको नेतृत्वमा गएको  विदेश विभाग टोलीमा विदेश विभाग प्रमुख ऋतुराज सुवेदी, सदस्य श्याम रिमाल, संस्थापक सदस्य परमेश्वर देवकोटा लगायतको सहभागिता रहेको थियो ।