एक हप्ते केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन: सिद्धान्तलाई व्यवहारमा उतार्न अध्यक्ष नेपालको निर्देशन

एक हप्ते केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन: सिद्धान्तलाई व्यवहारमा उतार्न अध्यक्ष नेपालको निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ ।

पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कार्यकर्तालाई इमान्दार र निष्ठावान हुन पार्टीप्रति समर्पित हुन ,आदर्शप्रति समर्पित हुन निर्देशन दिनुभएको हो । उहाँले पार्टी र जनताप्रति समर्पित भएमा मात्र लक्ष पुरा हुने भन्दै देश कसरी निर्माण गर्ने भन्ने बारेमा नेताहरुलाई चिन्ता हुनुपर्ने बताउनु भयोे ।

पार्टी स्कुल विभागले संचालन गरेको यस खालका अभियानलाई प्रदेश जिल्ला र स्थानीय तह सम्म लैजानु पर्ने भन्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

एक हप्ता सम्म संचालन भएको कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनको बिगत र बर्तमान  माधब नेपाल, नेपालमा जनवादी क्रान्ति, अबको बाटो र कम्युनिष्ट अन्तराष्ट्रिय वाद  झलनाथ खनाल,  दक्षिणपन्थी अवसरवाद, आन्दोलन पुनर्गठनको औचित्य र बिकासको अर्थ राजनीति  प्रमेश हमाल, कस्तो पार्टी  कस्त कार्यकर्ता  डा. बेदुराम भुषाल, कम्युनिष्ट पार्टीको घोषणापत्र र यसको सामयिकता प्रकाश ज्वाला, समकालीन विश्व व्यबस्था र पुँजीवाद अनि ऐतिहासिक भौतिकवाद र जर्मन दर्शन  डा. खगेन्द्र प्रसाईं। लोकतन्त्र, पुँजीवाद र समाजवाद प्रा.डा.  युवराज संग्रौलाले सहजिकरण गर्नुभएको थियो 

यस्तै जीवनमा हाम्रो कार्यशैली डा। गंगालाल तुलाधर,समाजवादी आन्दोलन र बैज्ञानिक चिन्तन प्रणाली डा. दिनेश भुजु, मार्क्सवादी अर्थशास्त्र र पुँजीवादी सञ्चय डा. बिजय पौडेल,पुँजी,  पुँजीदी प्रभुत्व र समाजवाद निर्माणको सवाल अशेष घिमिरे, मार्क्सवाद र महिला मुक्तिको सवाल जयन्ती राई र गरिमा शाह,  बिसौं शताब्दीमा साम्राज्यवाद बिरोधी संघर्षको आयामहरू जगन्नाथ खतिवडा,  सहकारी र नव उदारवाद गणेश बि. के. ,समकालीन विश्वमा समाजवादका सैद्वान्तिक धाराहरु डा. तारा जोशीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा देशभरीबाट ४८ जना छनौटमा परेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।