बजेट निर्माणको गोप्य कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोगमा रोक लगाउन समितिको सुझाव

बजेट निर्माणको गोप्य कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोगमा रोक लगाउन समितिको सुझाव

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७९

काठमाडौं । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ । 

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप) लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ,’ सुझाव खण्डमा भनिएको छ । 

समितिले आफ्नाे प्रतिवेदन शुक्रबार प्रतिनिधिसभा बैठक समक्ष पेस गरेकाे छ ।