'केबलकार सुरक्षित छ ' अभ्यासमा पत्राकारहरु !

'केबलकार सुरक्षित छ ' अभ्यासमा पत्राकारहरु !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७९

 

काठमाडौँ । काठमाडौँ स्थित चन्द्रागिरिमा रहेको केबल कारले  केबलकार सुरक्षित छु  भन्ने  अभ्याससहित पत्रकार सम्मेलनको आयोजना गरेको छ । 

 आज उपत्यकाका  पत्रकारलाई आमन्त्रण गरी चन्द्रागिरि केबल कारका प्रायः सबै गोण्डोला (डिब्बा) खाली गरेर  पत्रकारको यात्रा सुरु भयो केबलकारको । पूर्व जानकारी दिए अनुसार नै चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) एकाएक रोकिए ।

त्यसपछि सुरु भयो तस्बिर तथा भिडियो लिन तछाडमछाड । किन कि उनीहरु कति खेर केबलकार बन्द हुने प्रतिक्षामा  थिए । केबलकार व्यावस्थापन चलि रहेको अवस्थामा    अभ्यास र अनुभूति गराउन चाहन्थ्यो । पत्रकार चढेका हरेक प्रत्यक गोण्डोला मा केबल कारका प्राविधिक तथा कर्मचरीको पनि  सहभागिता  थियो । उनीहरुले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए ।

चन्द्रागिरि  केबलकार व्यवस्थापन अभ्यासको माध्यमबाट  केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आतुर देखिन्थे । 

पत्रकारहरु चढेकाे पहिलाे गोण्डोलामा सहभागी हुनुहुन्थ्यो चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल । गोण्डोला सुरु हुन साथ भने - यो केबलकारको प्रविधि अर्थात् उत्पादक  अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रो जस्ता विश्वका २० हजार वटा केबल कारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरै रुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।'

तर गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भन्नुभयो, 'यो प्रविधि हो,  पूरै सुरक्षित छ,  तर कुनै बेला रोकिन सक्छ रोकिँदै मा डराउनु पर्दैन ।' 

अध्यक्ष  ढकालले  हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबल कारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उहाँले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना भएको तर्क राख्नु भयो । 

हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो । फेरि केबल कारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिकको  भनाइ थियो । विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिन सक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो ।

यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगत अबलोकन गराई, केबलकार मार्फत बटम स्टेसनमा लगेर पत्रकार सम्मेलनको आयोजना गरेकाे थियो । 

पत्रकार सम्मेलनमा   ध्यक्ष ढकालले चन्द्रागिरि केबलकार  तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराउनुभयो - पहिलो विद्युतबाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष  ढकालले सेवा विस्तारको बारेमा उल्लेख गर्दै  २०७९ साउन १ गतेदेखि  केबलकार बेलुका ९ बजेसम्म सञ्चालन गरिएकाे र १२ दिनको आँकडा हेर्दा अत्यन्त प्रभावकारी देखिएकाे हुँदा यो सेवालाई निरन्तरता दिन लागिएको समेत जानकरी दिएका  थिए । 

 अध्यक्ष ढकालको थप भनाइ थियो - यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्क रुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिनुभयो ।

केबल कारका इलेक्ट्रोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गर्नुभयो । इञ्जिनीयर सरोज चापागाईं काे भनाइ थियो- यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षित रुपमा सञ्चालनमा आउँछ । हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइ हालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ ।