कन्सेप इन्टरनेशनल दोस्रो वर्षगाँठ: क्रिस काफ्लेको सभापतित्व र डिलु पराजुलीको प्रमुख आतिथ्य सम्पन्न

कन्सेप इन्टरनेशनल दोस्रो वर्षगाँठ: क्रिस काफ्लेको सभापतित्व र डिलु पराजुलीको प्रमुख आतिथ्य सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७९

अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको समूह कन्सेप इन्टरनेशनलले आफ्नो स्थापनाको दोस्रो वर्षगाँठ भर्चुअल माध्यामबाट  मनाएको छ ।

 विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई प्रोफेसनल तथा पेशागत व्यक्तिहरुको दोस्रो वार्षिकोत्सव भर्चुअल माध्यममा  सहभागीता रहेको थियो । 

गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष डिलु पराजुलीको प्रमुख आतिथ्य कन्सेप इन्टरनेशनल बोर्डका अध्यक्ष पास्टर क्रिस काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष पास्टर वासु प्रसाई, पास्टर नविन भण्डारीको प्रार्थना र कार्यकारी समितिका सदस्य डा‍.ओलक सुनुवारको वचनबाट कार्यक्रम सुभारम्भ भएकाे थियो । 

कार्यक्रमको आफ्नो भनाई राख्दै कन्सेप इन्टरनेशनल बोर्डका अध्यक्ष पास्टर क्रिस काफ्लेले कन्सेपको  कार्यशैली र  ढाँचाको वारे प्रकाश पार्नु भएकाे थियो ।  कन्सेप इन्टरनेशनल बोर्डका महासचिव डा.विष्णु रेग्मीले कन्सेप इन्टरनेशनलका पृष्ठभूमि, परिचय, उद्देश्य सहितको एक झलक प्रस्तुत गर्नु  भएको थियो भने  कन्सेप इन्टरनेशनल कार्य समितिका अध्यक्ष सुजन जोशीले कन्सेप इन्टरनेशनलका भिजन र मिसनका बारेमा प्रकाश पार्नु भएको थियो ।  भर्चुअल माध्यम  बोर्डका कोषाध्यक्ष कृष्ण कालेब आचार्यले आर्थिक प्रतिवेदन समेत  प्रस्तुत गर्नु भएकाे  थियो  ।

पास्टर आर महर्जनले एकतामा नै बल हाे भन्ने आफ्नाे प्रस्तुती राख्नु भएको  थियो भने भर्चुअल माध्यमको वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै  प्रमुख अतिथि  गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष डिलु पराजुलीले कन्सेप इन्टरनेशनलसँग विगत बर्षहरुमा जस्तै हरेक गतिविधिमा हातमा हात मिलाएर  सहकार्य गर्न आतुर रहेको बताउँदै अगामी दिनमा एउटै भावना र मर्मका साथ अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियाे । 

पास्टर भिम गुरुङले कन्सेपको आगामी भेला अमेरिका स्थित बोष्टनमा अयोजना गरिने र त्यसमा सबैलाई स्वागत गर्न आतुर रहेको जानकारी गराउनु भएको थियो । वर्षगाँठ कन्सेप इन्टरनेशनलको दायरालाई फराकिलो बनाउन २१ सदस्य रहेको एक समिति  गठन गर्ने निर्णय समेत गरिएकाे छ । 

दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई कन्सेप इन्टरनेशनल डाइरेक्टर डि.वि.राउतले सञ्चालन गर्नु भएकाे थियो भने कन्सेप इन्टरनेशनल कार्य समितिका उपाध्यक्ष पास्टर रमेश मैनालीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रममा कन्सेप इन्टरनेशनलका पदाधिकारी, अतिथि  पेशा तथा व्यवसायमा संलग्न डक्टर, नर्स र इन्जिनियरहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।