'प्रतिगामी कदम नसच्चिए सम्म एमाले सँग एकता होइन वार्ता पनि हुन्न'

'प्रतिगामी कदम नसच्चिए सम्म एमाले सँग एकता होइन वार्ता पनि हुन्न'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले प्रतिगामी कदम नसच्चिए सम्म एमाले सँग एकता होइन वार्ता पनि नहुने बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) तेह्रथुम काठमाडौं सम्पर्क मञ्चको अधिवेशनको उद्घाटन गर्दै महासचिव भुसालले एमालेले प्रतिगामी कदमको आत्मालोचना गरेपछि मात्र वार्ताको प्रारम्भ हुने भएको भन्दै कार्यकर्तालाई एमाले सँग एकता र वार्ताको भ्रममा नपर्न आव्हान गर्नुभयो ।

 एमाले सँग वार्ता हुनुपूर्व उसले गरेका प्रतिगामी कदमको आत्मालोचना सहित गल्ति स्वीकार गरेपछि मात्र प्रारम्भ हुने भन्दै अन्य बामपन्थी दलहरूसँग को एकता र सहकार्य भने आगामी निर्वाचन र त्यसपछि सम्म जारी रहने बताउनु भयो ।  

  उहाँले समाजवादी आन्दोलनलाई  सुरक्षित ढंगबाट लक्षमा पुर्याउन पार्टीको संगठन सुदृढीकरण र बिस्तारको कार्ययोजना मुताबिक अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा स्वास्थ्य मन्त्री भवानी खापुङ,  पोलिटब्युरो सदस्य  विजय गुरुङ ,केन्द्रीय सदस्य पिताम्बर तिम्सिना ,अम्बिका थापा, १ न प्रदेश सम्पर्क कमिटी अध्यक्ष अमर राउत, सम्पर्क विशेष प्रदेश कमिटीका सहइन्चार्ज लक्ष्मण के सी, सम्पर्क विशेष प्रदेश समन्वय समितिका केशर अधिकारी, जिल्ला अध्यक्ष कृष्ण चोङबाङ लगायतले तेह्रथुमको वाम आन्दोलन र वर्तमान र भविष्यमा खेल्नुपर्ने भूमिकाको बारेमा बोल्नु भएको थियो । कार्यक्रम नारायण खत्री को अध्यक्ष तामा सम्पन्न भएको थियो ।