पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूचि सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूचि सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण १५, २०७९

 चितवान । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक  गरेकाे छ । 

सार्वजनिक पन्ध्र वटा कृति मध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची को प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली सार्वजनिक गरेको हो । 

प्रतिष्ठानले सार्वजनिक गरेका कृतिहरूमा डा. नवराज लम्सालको 'अग्नि',केशवराज ज्ञवालीको 'अर्को भोर', उषा हमालको 'भिक्षुसँग प्रेम'  दीपक पराजुलीको  'मिथ्या' र  केवल बिनाबी 'यादहरूको  सङ्ग्रहालय' रहेका छन् । 

यस अघि  विक्रम संवत २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्र वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते प्रतिष्ठानले सार्वजनिक गरिसकेका छ ।

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले  तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको जनाएको छ ।