शिवम् सिमेन्ट: निर्माण कर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण

शिवम् सिमेन्ट: निर्माण कर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७९

काठमाडौँ । शिवम् सिमेन्टले गरेको निर्माण कर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको जनाएको छ ।

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मचारीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय  तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो । यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माण कर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।  

यस अघि दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लि. ले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माण कर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माण कर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिहरुले हस्तान्तरण गरेका हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुले हरेक दिन जोखिम पुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माण कर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माण कर्मीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुका निर्माण कर्मीहरुको रु ५ लाख बराबरको जोखिम बीमा गराएको छ । 

'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरको पहिचान हो शिवम्', 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ' तथा 'गुणस्तरको मामलामा नो कम्परमाइज , जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 
 

ओपीसी सिमेन्ट  उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुन ढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असलीओपीसी  सिमेन्ट बन्न सफल भएको कम्पनीले बताएको छ ।