पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमणको पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १६, २०७९

काठमाडौं ।पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।