क्यारेम प्रतियोगिता: झापका अशोक तामाङ नगद ५० हजार सहित विजयी

क्यारेम प्रतियोगिता: झापका अशोक तामाङ नगद ५० हजार सहित विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १६, २०७९

काठमाडौँ । नेपालमा पहिलो पटक क्यारेम  च्याम्पियन सम्पन्न भएको छ ।

काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार हात पारेका छन् । प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभ्रेका करण मगर र सान्त्वना ललितपुरका कविन सुनुवाल विजयी भएका छन् ।

विजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारेम फेडेरेसनका महासचिव भिभेक देस नारानले नगद पुरस्कार ट्रफि र प्रमाण पत्र वितरण गर्नुभयो ।

विजयी हरुलाई दोस्रो हुनेलाई २५ हजार तोस्रोलाई १५ हजार र सान्‍त्‍वनालाई १० हजार नगद सहित ट्रफी र प्रमाण वितरण गरिएको थियो । 

अल नेपाल क्याराम एसोसिएसनको आयोजनमा साउन १३ र १४ गते काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा देशभरका एक सय प्रतियोगीहरूको सहभागिता भएको संस्थाका अध्यक्ष विनिता अर्यालले बताउनु भयो ।

करिव १८ लाखको लागतमा सम्पन्न प्रतियोगिता सुरेन्द्र ढकाल फाउण्डेसनले एक लाख र उप सेनानी शौभाग्य देउजा स्मृति प्रतिष्ठानले ५० हजार बरावरको टी सर्ट सहयोग गरेको र अन्य रकम आन्तरिक ढंगबाट व्यवस्थापन गरिएको संस्थाका प्रेस संयोजक ईश्वर अर्यालले बताउनु भयो । 

संस्थाले आगामी अक्टोवरमा मलेसियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फवाट सहभागि हुने तयारी गर्दै गरेको समेत जानकारी गराएको छ । 

खेलकुदको रुपमा ग्रहण नगरिएको क्यारेमलाई संस्थागत गर्दै नेपाल सहित विश्वमा पहिचान गराउने र लुकेका प्रतिभाहरूको उजागर गर्ने अभिप्रायले संस्थाको सुरु भएको अध्यक्ष अर्यालले बताईन् । संस्थालाई आगामी दिनमा देशका सबै जिल्ला र प्रदेश स्तर सम्म गठन र पुनर्गठन गर्ने पनि अध्यक्ष अर्यालले बताउनु भयो ।