'नेपाली कांग्रेस अन्तर्गतका सम्पूर्ण भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाऔँ'

'नेपाली कांग्रेस अन्तर्गतका सम्पूर्ण भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाऔँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरुलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरू सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भातृ संगठनहरुलाई आगामी संसदीय निर्वाचन लक्षित गरि अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

संसदमा चलिरहेको जल्दा बल्दा विषयवस्तु प्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताउँदै उहाँले युवापुस्ताहरूलाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको समेत बताउनुभयो ।

‘फोहोरमाथि महानगर भित्रै राजनीति भईरहेको र सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भुमिका खेल्नुपर्ने’, काठमाडौं महानगरपालिका वडा-८ का अध्यक्ष आशामान संगतले जनाउनु दिनुभयो । 

‘नेतृत्वले पार्टी भित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्न’, बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगत, नेपाली कांग्रेस क्षेत्र नं–४ का सभापति श्याम संगत, कामनपा वडा नं–७ का वडाअध्यक्ष विमल होडा तथा कामनपा–८ का वडासदस्य लगायतका क्रियाशिल सदस्यहरूको सहभागीता रहेको थियो ।