मदन भण्डारी स्कुल अफ एसिया :  को ३ हप्ते 'क्लोज क्याम्प' सुरु

मदन भण्डारी स्कुल अफ एसिया :  को ३ हप्ते 'क्लोज क्याम्प' सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७९

काठमाडौँ । मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ । सोमवार वाट सुरु भएको क्याम्पेन २१ दिन सम्म सञ्चालन हुने बताईएको छ ।

 क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको छ । क्याम्पमा अर्जेन्टिना, व्राजिल,युएस,स्पेन ,वास्क कन्ट्री, घाना,साउथ एसिया, थाइल्याण्ड,मलेसीया, श्रीलंका, पाकिस्थान, वंगलादेश  प्लालेस्टाईन  र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताउनु भयो । 

क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ ।  जसभित्र अनिवार्य श्रम गर्ने, सांस्कृतिक रात्रिहरू सञ्चालन गर्ने विभिन्न देशका संस्कृतिलाई प्रदर्शन गरिने , क्रान्ति, वर्ग संघर्ष ,कम्युनिष्ट घोषणापत्र, पूँजिवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरु गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताउनु भयो । 

विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले मार्क्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलले बताउनु भयो । 

प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरु सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल ,उपमहासचिव डा‍. विजय पौडेल ,सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नारायण काजी श्रेष्ठ लगायतका नेताहरुले सहजिकरण गर्ने कार्ययोजना रहेको छ । 

कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलन राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यक्रमले कम्युनिष्ट आन्दोलनको अवस्था सहित ज्ञान आर्जन गर्ने महत्वपूर्ण थलो बन्नेमा विश्वास व्यक्त गर्नुभयो । 

स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो ।