समाजवादी प्रेस संगठन प्रदेश १: सदस्यता अद्यावधिक, जिल्ला र प्रदेश अधिबेशन भदौ मसान्तसम्म

समाजवादी प्रेस संगठन प्रदेश १: सदस्यता अद्यावधिक, जिल्ला र प्रदेश अधिबेशन भदौ मसान्तसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७९

सुनसरी । समाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर १  को विस्तारित बैठकले सदस्यता अद्यावधिक, जिल्ला अधिबेशन र प्रदेश अधिबेशन २०७८ भदौ मसान्तसम्म गरि सक्ने सयम सिमा तोकेको छ ।

२०७८ साउन १९ गते सुनसरीको धरानमा सम्पन्न समाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर १ को  विस्तारित  बैठकले कार्य तालिका सहित समय सिमा तोकेको हो ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले उद्घाटन गर्नु भएकाे   विस्तारित  बैठकले २०७९ साउन मसान्तसम्म सदस्यता अद्यावधिक गरी प्रदेश तथा केन्द्रीय सचिवालयमा बिवरण पठाइसक्ने, भदौ २५ गते सम्ममा १४ वटै जिल्लाको अधिबेशन गर्ने भदौ अन्त्यमा प्रदेश अधिबेशन गर्ने र  आगामी निर्वाचन केन्द्रीत प्रचार कार्यशाला र प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरिएको समाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर १ इन्चार्ज तीर्थ सिग्देलले जानकारी दिनु भएकाे छ । 

१४ मध्य १२ जिल्लाको सहभागिता रहेको बिस्तारीत बैठकलाई नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मी र समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीले सम्बोधन गर्नु भएको थियो ।