'बर्तमान अवस्थामा हाम्रो  कार्यभार' बिषयक एकीकृत समाजवादी उपत्यका विशेषको प्रशिक्षण

'बर्तमान अवस्थामा हाम्रो  कार्यभार' बिषयक एकीकृत समाजवादी उपत्यका विशेषको प्रशिक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रम क्वालिटी बैंक्वेट बुद्धनगरमा सम्पन्न भएको छ । 

'बर्तमान अवस्थामा हाम्रो  कार्यभार' बिषयक प्रशिक्षण कार्यक्रममा बर्तमान परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भुमिका के हो भन्ने बारेमा पार्टी महासचिव डा‍.बेदुराम भुषालले प्रशिक्षण दिनु भएको थियो भने एमसीसी, नागरिकता बिधेयक र स्थानीय निर्वाचनसँग सम्बन्धित विविध विषयमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । अब हुने संघ र प्रदेश स्तरीय चुनावको बारेमा पनि तालमेल बारेमा ब्याख्या विश्लेषण गर्नु भएको थियो । 

'पार्टी कार्यकर्ताको कार्यशैली'  बिषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव डा.गंगालाल तुलाधरले ब्याख्या विश्लेषण तथा प्रशिक्षण दिनुका साथै स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेलले संगठनात्मक ब्यवस्थापन र पार्टी कमिटी र पदाधिकारीहरुको दायित्व बिषयमा प्रकाश पार्नु भएको थियो ।  दक्षिणपन्थी र अवसरवाद बारेमा पोलिटब्युरो सदस्य प्रमोद शर्माले प्रशिक्षण मुलक प्रस्तुती राख्नु  भएकाे थियो । 

कार्यक्रमा  केन्द्रिय सदस्यहरु नरेश शाही,  मोहन गौतम,  दिपक पौड्याल अतिथिका रुपमा रहनु भएको थियो।

कार्यक्रमका सहभागीहरुलाई विशेष प्रदेश कमिटी उपाध्यक्ष  भोला पोख्रेलले धन्यवाद दिनु भएको थियो भने उक्त कार्यक्रमा युवा संघ उपत्यका विशेष कमिटी, विद्यार्थी उपत्यका विशेष कमिटी ,महिला उपत्यका विशेष कमिटी,कर्मचारी उपत्यका विशेष कमिटी, नेपाल ट्रेड युनियन महासंघ  त्यसका सम्पुर्ण घटक कमिटी र पार्टी जिल्ला कमिटी समेतको उपस्थित रहेको जनाइएको  छ । 

प्रदेश स्तरीय  एकदिने प्रशिक्षणमा केदार  प्रसाद संजेलको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य तथा एकीकृत ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष क बिष्णु प्रसाद  लम्सालले गर्नु भएको थियो।

उक्त कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ  केन्द्रिय सदस्य बज्र राईले अन्तराष्ट्रिय  गीत प्रस्तुत गर्नु भएको  थियो भने सबै सहभागीले साथ दिनु भएको थियो ।