प्रणिधाय अर्थ: दण्डवत् अर्थात् शरीरलाई दृढ राखेर तल धारण गर्नु

प्रणिधाय अर्थ: दण्डवत् अर्थात्  शरीरलाई दृढ राखेर तल धारण गर्नु

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  श्रावण २१, २०७९

नमः पुरस्तादथ पृष्ठतस्ते
नमोऽस्तुते सर्वत एव सर्व ।
 अनन्तवीर्यामित विक्रम स्त्वं
सर्वं समाप्नोषि ततोऽसि सर्वः ।। ४० ।।

अन्वय र अर्थ – सर्व = हे सर्वस्वरूप ! ते (तुभ्यं) = तपाईँलाई, पुरस्तात् = अगाडिबाट, अथ = अनि, पृष्ठतः = पछाडिबाट, नमः = नमस्कार छ, ते (तुभ्यं) = तपाईलाई, सर्वतः एव = सबै दिशाबाट, नमः नमस्कार, अस्तु = होस्,अनन्तवीर्यामितविक्रमः = तपाई अनन्तवीर्य र अमित पराक्रमी हुनुहुन्छ, त्वं = तपाई, सर्वं = समस्त जगत्लाई, समाप्नोषि = आफ्नो एक स्वरूपले व्याप्त गरेर हुनुहुन्छ, ततः = त्यसकारण (त्वं = तपाई) सर्वः = सर्वस्वरूप, असि = हुनुहुन्छ ।

भावार्थ – हे सर्वात्मन् ! तपाईलाई अगाडिबाट पनि नमस्कार छ, पछाडिबाट पनि नमस्कार छ, तपाईँका समस्त दिशाहरूमा नमस्कार छ, अनन्त असमर्थ र अमित पराक्रम शाली तपाईँ समस्त जगत्मा सम्यक्रूपले व्याप्त हुनुहुन्छ, अतएव तपाई सर्व स्वरूप हुनुहुन्छ

विशिष्टार्थ – तपाईँलाई पूर्व दिशामा नमस्कार गर्छु, तपाईलाई पश्चिम दिशामा नमस्कार, तपाईलाई उत्तर दक्षिण, नैऋत्य, ईशान, वायव्य, आग्नेय, अधः र ऊध्र्व समस्त दिशाहरूमा नै नमस्कार छ । हे नाथ ! यो जुन सर्व (विश्व) छ, यो तपाईँबाट नै प्रकाश पाएर पुनः तपाईँमा  नै  विलय हुन्छ । यो सबैको जो विक्रम र वीर्य छ त्यो अति तुच्छ अर्थात् मित छ । अनि तपाई ? जस्तो पानीमा रस, त्यसरी नै तपाईँ यस सर्व मा व्याप्त हुनुहुन्छ, फेरि जस्तो रसमा पानी, त्यसरी नै सर्व तपाईँमा रहन्छ । यसकारण तपाईँ अनन्त हुनुहुन्छ । अतएव तपाईको वीर्य र विक्रम पनि अनन्त छ । हे अनन्त ! तपाईलाई नमस्कार छ ।

    सखेतिमत्वा प्रसभं यदुक्तं
    हे कृष्ण हे यादव हे सखेति ।
 अजानता महिमानं तवेदं
  मया प्रमादात् प्रणयेन वापि ।। ४१ ।।
 यच्चावहासार्थमसत्कृतोऽसि
    विहारशय्यासन भोजनेषु ।

    एकोऽथवाप्यच्युत तत्समक्षं
    तत् क्षामये त्वामहमप्रमेयम् ।। ४२ ।।

अन्वय र अर्थ – अच्युत = हे अच्युत ! तव = तपाईको, इदं = यो विश्वरूप र, महिमानं = महिमालाई, अजानता = नजान्ने, मया = मद्वारा, प्रमादात् = भूलले, वा = अथवा प्रणयेन = प्रेमले, अपि = पनि, सखा इति = समानवयको मित्र भन्ने, मत्वा = मानेर, हे कृष्ण ! हे यादव ! हे सखे ! इति = यस्तो, यत् = जुन, प्रसभं = हठात् आग्रहपूर्वक, उक्तं = भनियो, यत् च = त्यस्तै अरू पनि, अवहासार्थं = ख्यालठटृाका लागि, विहार शैय्यासन भोजनेषु = घुमफिर गर्दा, सुत्दा उठ्दा, वस्दा, भोजन गर्दाको समयमा, एक = एकलै, अथवा = अथवा, तत् समक्षं (तेषां परिहसतां सरूवीनांपुरतोऽपि) = ती साथी भाइहरूका अगाडि पनि, असत्कृतः = निरादर गरिएका, असि = हुनुहुन्छ भने, तत् (सर्वमपराधजातं) = ती सबै अपराधहरु बाट अहं = म अर्जुन, अप्रमेयं =  अचिन्त्य प्रभाव भएका, त्वां = तपाईद्वारा क्षमये (क्षमां कारये) = म क्षम्य हुनेछु ।

भावार्थ – हे अच्युत ! तपाईको यो विश्वरूपी र महिमालाई मैले नजानेर प्रमाद वश अथवा प्रेम भावले तपाईँलाई सखा मानेर हे कृष्ण ! हे यादव ! हे सखे !  इत्यादि जुन हठात सम्बोधन गरेको छु, अनि ख्यालठट्टामा विहार, शयन, बस उठ र भोजनको बेला एक्लै अथवा सबैका सामुन्ने तिरस्कृत हुनु भएको छ होला त्यसकारण म अप्रमेय तपाईँबाट ती सबै कुरामा क्षमा चाहान्छु ।

जसलाई पहिले कहिल्यै देखिएको थिएन, तपाईको त्यो विश्व रूपको दर्शन गरेर म अत्यन्त उल्लसित भएको छु, परन्तु अपरम्पार रूप तरंग मा परेर मेरो मन भयविह्वल भएको छ । हे जगन्निवास ! तपाई ममाथि प्रसन्न भएर आफ्नो पहिलो उही छाया विहीन तैजस देवेश (विष्णु) रूप मलाई देखाउनुहोस् ।

विशिष्टार्थ – हे नाथ ! तपाई महान् भन्दा पनि महान् हुनुहुन्छ । तपाईको महिमा नजानेर, मित्र सम्झेर, म प्रमादको फन्दामा परेर, प्रणयमा परेर, तपाईँलाई (अप्रमेय भएर पनि) हे कृष्ण ! हे याद ! हे सखा ! इत्यादि रूप–गुणात्मक नामहरूले सम्बोधन गर्दा प्रणय अन्तर्गत जुन जुन अनुचित शब्दहरू भनिएका छन्, अथवा प्रत्यक्ष वा परोक्ष मा शयन, उपवेशन, भोजन तथा विहार इत्यादिमा अज्ञानता वश मैले जुन असम्मान गरेको छु हे अच्युत ! मेरा ती सबै दोषहरूलाई तपाईले क्षमा गरिदिनुस् ।

    पितासि लोकस्य चराचरस्य
    त्वमस्य पूज्यश्च गु?र्गरीयान् ।
  न त्वत्समोऽस्त्यभ्यधिकः कुतोऽन्यो
    लोकत्रये ऽ प्यप्रतिमप्रभाव ।। ४३ ।।

अन्वय र अर्थ – अप्रतिमप्रभाव = हे अप्रतिमप्रभाव ! त्वं = तपाई, अस्य = यस, चराचरस्य = चरअचर, लोकस्य = लोकका, पिता = पिता, पूज्यः = पूजनीय, गु?ः = गु?, गरीयान् = गु?का पनि गु?, च = पनि, असि = हुनुहुन्छ, लोकत्रये = तीनै लोकमा, अपि = पनि, त्वत्समः = तपाई बराबर, अन्यः = अरू? कुनै, न अस्ति = छैन, (भने) अभ्यधिकः = तपाई भन्दा अधिक, कुतः (स्यात्) = कहां होस् ?

भावार्थ – हे अप्रतिम प्रभाव ! तपाईँ यस चराचर जगत्का पिता, पूज्य, गुरु र गुरुका पनि गुरु हुनुहुन्छ,  तीनै लोकमा  तपाईँ समान अरू कोही छैन, अतएव तपाई भन्दा अधिक अरू कहाँ छ ?

विशिष्टार्थ – तपाई स्थावर जंगमत्मक लोक जगत्का पिता हुनुहुन्छ, किन कि यी सबै तपाईँबाट नै उत्पन्न हुन्छन् । केवल यति मात्र  हैन, तपाईँ यी सबैका पूजनीय, गुरु र गुरुका पनि गुरु हुनुहुन्छ । यी सबै भित्र तपाईको समान या तपाईँलाई अति क्रम गर्ने पनि  कोही छैन । तीन लोकमा तपाईको प्रभाव (क्षमता) को सादृश्य छैन प्रभो ! तपाईको प्रभाव प्राकृतिक चौबीस तत्वहरूको प्रभावबाट अतीत छ, त्यसकारण तपाई अप्रतिम प्रभाव हुनुहुन्छ । तपाई एक अद्वितीय हुनुहुन्छ ।

    तस्मात् प्रणम्य प्रणिधाय कायं 
    प्रसादये त्वामहमीशमीड्यम् ।
   पितेव पुत्रस्य सखेव सख्युः
    प्रियः प्रियार्याहसि देव सोढुम् ।। ४४ ।।

अन्वय र अर्थ – देव = हे देव ! तस्मात् = त्यसकारण, अहं = म (अर्जुन), कायं = शरीरलाई, प्रणिधाय = साष्टाङ्ग दण्डवत् वनाएर, प्रणम्य = प्रणाम गरेर, इर्शं = सर्वनियन्ता, इड्यं = स्तुति गर्न योग्य, त्वां = तपाईलाई, प्रसादये = प्रसन्न गर्दछु, पुत्रस्य = पुत्रको अपराधलाई, पिता इव = बाबुले झैं, सख्युः = मित्रको अपराधलाई, सखा = मित्रले र, प्रियायाः = प्रियाको अपराधलाई, प्रियः इव = प्रेमी (पति) ले झैं , (यथा क्षमते = जसरी क्षमा गर्छन्), तथा = त्यसरी नै), सोढुं = मेरो अपराधलाई सहन गर्न अर्थात् क्षमा गर्न, अर्हसि = योग्य हुनुहुन्छ ।

भावार्थ – हे देव ! त्यसकारण म दण्डवत् प्रणाम गरेर सर्व नियन्ता वन्दनीय तपाईँलाई प्रसन्न गर्न चाहान्छु । जस्तै बुवाले छोराको अपराधलाई क्षमा गर्छ, मित्रले जस्तै मित्रको र प्रेमीले प्रिया को अपराधलाई क्षमा गर्दछन्, त्यसरी नै तपाईले मेरो अपराधलाई क्षमा गर्नु हुनेछ ।

विशिष्टार्थ – काय– शरीरको मध्यभाग अर्थात् मेरुदण्डलाई आश्रय गरेर जुन अंश विद्यमान छ उसलाई काय भन्दछन् । प्रणिधाय–दण्डवत् शरीरलाई दृढ राखेर तल धारण गर्नुलाई प्रणिधाय भन्दछन् । ईश्वरको प्रसाद प्राप्त गर्नका लागि प्रणाम गर्ने विधि (क्रम)  यही हो । यो साधनाको उच्चतर क्रम हो । अर्थात् कायलाई दण्डवत् दृढ राखेर तलतिर (प्रक्षेपण गर्नु) झुकाउनु हो, तलतिर प्रक्षेपण गर्नुको अर्थ हो– कम्पुरूषदेशको क्रम अनुसार पञ्च तत्वदेखि माथि उठ्नु । माथि उठ्नाले नै मनलाई देहबाट अलग गरेर केवल चित्तको अवलम्बन गर्नाले नै  'प्रणिधाय काय'  हुन्छ । (यो अवस्था साधनामा निज बोध गम्य छ) । यस प्रकार अवस्था पन्ना भएर आत्म मन्त्रको सहायताले नाद ज्योतिका साथ मनलाई विष्णु पदमा प्रक्षेपण गर्नाले नै  'प्रणम्य प्रणिधाय काय'  यो क्रिया हुन्छ, यो त आज्ञा चक्र भन्दा माथिको क्रिया भयो– जसलाई शरीरा भिमान वर्जित मानस क्रिया भन्दछन् । यसबाट ईश प्रसन्न हुनुहुन्छ । महर्षि अष्टाबक्रले भन्नु भएको छ– 'यदि देह पृथक कृत्वा चिति विश्राम तिष्ठसि । अधुनैव सुखी शान्तो बन्ध मुक्तो भविष्यसि'  । प्रसन्न गर्नका लागि प्रार्थनाका यी तीन उपमा साधारण र स्वाभाविक हुन्, यथा–समप्राणताका कारण जस्तै सखालाई सखाको, प्रिय लाई प्रियाको अनि पितालाई पुत्रको अपराध ग्रहण गर्न योग्य हुँदैन, क्षमा नै क्षमा प्रकाश हुन्छ। त्यसरी नै तपाईले मेरा समस्त अपराधहरूलाई क्षमा गरि दिनुहोस् ।

    अदृष्टपूर्वं हृषितो ऽस्मि दृष्द्ट्रा
    भयेन च प्रव्यथितं मनो मे ।
   तदेव मे दर्शय देव रूपं
    प्रसीद देवेश जगन्निवास ।। ४५ ।।

अन्वय र अर्थ – देव = हे देव ! अदृष्ट पूर्वं = मैले वा अरू कसैले पहिले नदेखेको यो विश्वरूपलाई, दृष्द्ट्रा = देखेर, हृषितः = हर्षित भएको, अस्मि = छु, मे = मेरो, मनः = मन, भयेन = डरले, प्रव्यथितं च = व्याकुल भएको पनि छ, (अतः = त्यसकारण), तत् = उही, रूपं = रूप, एव = नै, मे = मलाई, दर्शय = देखाउनुहोस्, देवेश = हे देवेश ! जगन्निवास = हे जगन्निवास ! प्रसीद = प्रसन्न हुनुहोस् ।

भावार्थ – हे देव ! अदृष्टपूर्व यस विश्व रूपलाई देखेर म हर्षित भएको छु, परन्तु अव मेरो मन भय भीत भएको छ, अतएव मलाई आफ्नो  उही विष्णु रूप देखाउनु होस्, हे देवेश ! हे जगन्निवास ! प्रसन्न हुनुहोस् ।

विशिष्टार्थ – जसलाई पहिले कहिल्यै देखिएको थिएन, तपाईको त्यो विश्व रूपको दर्शन गरेर म अत्यन्त उल्लसित भएको छु, परन्तु अपरम्पार रूप तरंग मा परेर मेरो मन भयविह्वल भएको छ । हे जगन्निवास ! तपाई ममाथि प्रसन्न भएर आफ्नो पहिलो उही छाया विहीन तैजस देवेश (विष्णु) रूप मलाई देखाउनुहोस् ।

    किरीटिनं गदिनं चक्रहस्त
    मिच्छामि त्वां द्रष्टुमहं तथैव ।
    तेनैव रूपेण चतुर्भुजेन
    सहस्रबाहो भव विश्वमूर्ते ।। ४६।।

अनवय र अर्थ – अहं = म, त्वां = तपाईलाई, तथा  एव (यथा पूर्व दृष्टोऽसि) = पहिले जस्तो देखिनु भएको थियो, किरीटिनं = किरीटधारी, गदिनं = गदाधारी, चक्रहस्तं = चक्रहस्त, द्रष्टुं = देख्न, इच्छामि = चाहान्छु, सहस्रबाहो = हे सहस्राबाहो ! विश्वमूर्ते = हे विश्वमूर्ते ! तेन एव = उही, चतुर्भुजेन = चार बाहु भएको, रूपेण = रूपले, भव = प्रकट हुनुहोस् ।

भावार्थ – म तपाईलाई उही किरीट धारी, गदा धारी, चक्रहस्त रूपमा देख्न चाहान्छ् । हे सहस्र बाहो ! हे विश्व मुर्ते ! तपाईँ उही चतुर्भुज रूपले प्रकट हुनुहोस् ।

विशिष्टार्थ – हे सहस्रबाहो ! हे विश्वमूर्ते ! आफ्नो यो विश्व रूपलाई तिरोहित गर्नुहोस । हे भगवन् ! जस्तै आफ्नो जन्म समयमा मस्तकमा किरीट र हातमा शंख, चक्र, गदा, पद्म धारण गरेर जुन चतुर्भुज रूपले देवकी वासुदेवको भयलाई हटाएर अभय दिनु भएको थियो, आज सोही भय हारी सौम्य मूर्तिद्वारा मेरो हृदयलाई पनि अभय दिनुहोस् । म तपाईको उही मूर्तिको दर्शनको अभिलाषी छु ।

श्री भगवानुवाच –

    मया प्रसन्नेन तवार्जुनेदं
    रूपं परं दर्शितमात्मयोगात् ।
    तेजोमयं विश्वमनन्तमाद्यं
    यन्मे त्वदन्येन न दृष्टपूर्वम् ।। ४७ ।।

क्रमश: