नेपाल अडिटर्स एशोसिएशनको १७ औँ स्थापना दिवस: नीतिगत बहसदेखि विविध कार्यक्रमसम्म

नेपाल अडिटर्स एशोसिएशनको १७ औँ स्थापना दिवस: नीतिगत बहसदेखि विविध कार्यक्रमसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७९

काठमाडौं ।नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवसको अवसरमा बिबिध  कार्यक्रम गरी मनाएको छ ।

अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डोल प्रसाद दाहाल दिएको जानकारी अनुसार  सोही दिन काठमाडौँ  रक्तदान, नेपाल लेखमान (एनएफआरएस  एसएमईस, एमई र एनपीओएस) , मौद्रिक नीति २०७९,  हालै कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन भएको थियो ।

 सञ्चालित सो सत्र मध्ये नेपाल लेखामान सत्रको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष  प्रकाश जंग थापा,  मौद्रिक नीति सत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर  चिन्तामणि सिवाकोटीले गर्नुभएको थियो । नेपाल लेखामान (एनएफआरएस  एसएमई, एमई र एनपीओएस) सत्रमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट  अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट  प्रविण बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि एक्यानका अध्यक्ष  दिपक पाण्डे,  नेपाल उद्योग बाणिज्य महासंघ राजश्व  परामर्श समितिका सदस्य  सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिब पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गर्नुभएको थियो । वारे जनचेतना नपुगेको समन्वय नभएको, लागु गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई, एमई को सिमामा पुनर्विचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरू लागु भइसकेकोले नेपालमा पनि गर्नुपर्ने बताईएको थियो ।

१७ औं अडान डे को अवसरमा माननीय महालेखापरीक्षक  टंकमणि शर्मा को प्रमुख आतिथ्यतामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्ले, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, आन्तरिक राजश्व विभागका उप महानिर्देशक अजुर्न प्रसाद भट्टराई,  अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले गर्नु भएको थियो । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष  भाष्कर सिंह लाला र उपाध्यक्ष  सुजन कुमार काफ्ले लाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

अडानका संस्थापक अध्यक्ष  कमल खरेललाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुख अतिथी टंकमणि शर्मा, अडान केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष पुर्ण बहादुर चन्दले बिमोचन गर्नु भएको थियो ।
 
माननीय महालेखापरीक्षक  टंकमणि शर्मा (दङ्गाल) ले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई  स्वनियमन गर्नुपर्ने बताउनुभयो ।  नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएसका लागि एसएमईसको सिमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताउनुभएको थियो  । अडानका अध्यक्ष केदारनाथ पौडेलले सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।

'अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए । आजै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उत्तरदायित्त्वका क्रियाकलाप रक्तदान, बृद्धहरूलाई खाना खुवाउने, असहायहरूलाई कपडा बितरण, फलफुल, स्टेशनरी बितरण गरि अडानको १७ औं स्थापना दिवस सम्पन्न भएको छ ।