समाजवादी प्रेस संगठन नेपाल सप्तरीमा अनिल पोखरेल

समाजवादी प्रेस संगठन नेपाल सप्तरीमा अनिल पोखरेल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७९

सप्तरी । समाजवादी प्रेस संगठन नेपाल सप्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनले अनिल पोखरेलको ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल, सप्तरीको निर्वाचन गरेको छ ।  

नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा सुनिल कुमार झा, सचिवमा  मुकेश कोइराला, सहसचिवमा सलिता सदा र  कोषाध्यक्ष श्याम पासवान लगायत रहनु भएको छ  भने सदस्यहरुमा सुरतलाल राम, रहमत अलि, । नारनयण भगत, अखिलेश चौधरी,  सुनिता कुमारी र अमन शेखा नयरलाई निर्वाचित गरेकाे छ ।   त्यसैगरी प्रदेश प्रतिनिधिमा  प्रमोद चालिसे, बिमल न्यौपाने, कृष्ण तिमिल्सिना, नविन गुप्ता र गीता कोइराला निर्वाचित गरेको छ भने अनिल पोखरेल, अनिल कुमार अनल र गोविन्द अधिकारी लाई केन्द्रीय प्रतिनिधिमा निर्वाचित गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) उप महासचिव तथा केन्द्रिय प्रचार प्रसार विभाग प्रमुख  जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा र स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीको सह-इञ्चार्ज रामप्रित पासवानको विशिष्ट आतिथ्यमा केन्द्रिय सदस्य अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको  थियो । उद्घाटन समारोहमा  सप्तरी जिल्लाको इञ्चार्ज एवं मधेस प्रदेश सभा सांसद  गोविन्द न्यौपाने, समाजवादी प्रेस संगठन, नेपालको केन्द्रिय उपाध्यक्ष तथा प्रचार प्रसार विभागको केन्द्रिय सचिव  प्रकाश खतिवडा जिल्ला अध्यक्ष प्रताप ना.चौधरी,  बुद्धिजीवी परिषदका सचिवालय सदस्य नथुनी दास, परिषदका जिल्ला अध्यक्ष अनिल अनल, सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा  प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनय कर्ण, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, प्रेस मञ्च सप्तरीका अध्यक्ष वृजमान तामा़ङ सहितका व्यक्तिले सम्बोधन गर्नुभएको छ ।उदघाटन शत्र नवनिर्वाचित जनप्रतिनिधि मेयर, उपमेयर तथा वडा अध्यक्ष एवं जिल्ला समन्वय समितिको सदस्यहरुलाई समाजवादी प्रेस संगठन नेपाल, सप्तरीले सम्मान समेत  गरेको थियो ।