नासा नेपाल बागमती प्रदेश अध्यक्षमा राजन पिया

नासा नेपाल बागमती प्रदेश अध्यक्षमा राजन पिया

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७९

चितवन । नेपाल अटो  मोबाइलस एसोसीएसन ( नासा नेपाल )  बागमती प्रदेशको अध्यक्ष  चितवनका राजन  पिया चयन भएका छन् ।

बागमति प्रदेशको ७ जिल्लाका प्रतिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षता मा १३ सदस्य प्रदेश संघ चयन गरेको छ । 

बागमती परदेश  खेलकुद विकास परिषदका सदस्य सचिव सुर्य लाल भण्डारी तथा एफ आइ ए वोर्ल्ड काउन्सिल मेम्बर गोविन्द  भट्टराईको उपस्थितिमा सम्पन्न सो भेलाले वार्षिक कार्यक्रम प्रदेश संघको चयन संगै वार्षिक कार्यक्रम अनुमोदन सदस्यता वितरण तथा भरतपुर महानगरपालिका संग सडक सुरक्षाका  लागि सहकार्य गर्न  लगायतका  निर्णयहरु  गरेको छ ।

 भेलाले काभ्रेका दिपेश योगल श्रेष्ठ  ,चितवनका गोपाल भट्टराई ,  काठमाडौँका कुन्दन श्रेष्ठ ,चितवनका  यस पौडेल,  धादिङका इन्द्र त्रिपाठी , चितवनका जनक ढकाल , सिन्धुलीका गोबर्द्ध न राज कोजु , मकवानपुरका रञ्जन श्रेष्ठ , चितवनका देबेन्द्र अधिकारी , दोलखाका नजर मान मानन्धर , चितवनका प्रसिध रिजाल चैन भएका छन् ।  त्यसै गरि रोड सेफ्टी बाट इन्जिनीयर पुरन सुभेदी र महिलामा सोमा श्रेष्ठ काभ्रे र सुनिता रेग्मी चितवन चयन भएका छन् । 

मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटो मोबाइल मोबिलिटी तथा ड्राइभ टुरीजम र सडक सुरक्षाको को क्षेत्रमा क्रियाशील रहने गरि ढेड दशक अगाडि स्थापित नासा नेपालले  हाल बिभिन्न प्रदेश संघहरू घटन गरिरहेको छ ।