सेफ चितवन अन्तरगत राइडिङ ओरिन्टेशन : गुणस्तरीय  हेल्मेटको महत्वका बारेमा छलफल

सेफ चितवन अन्तरगत राइडिङ ओरिन्टेशन : गुणस्तरीय  हेल्मेटको महत्वका बारेमा छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २४, २०७९

नासा नेपाल बाग्मती प्रदेश संघको आयोजनामा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम चितवन उद्योग वाणिज्य संघको हलमा सम्पन्न भयो ।

फेडेरेसन इन्टरनेशनल डे अटो मोबाइलको सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशब्यापी रुपमा संचालित अभियान अन्तरगत चितवनमा समेत आयोजना गरिएको हो ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालका अनुसार अटोमोबाइल्स, यातायात, इन्जिनियरिङ, सामाजिक तथा यूवा विद्यार्थी बिचमा संचालित सो कार्यक्रममा फिफा विश्व परिषद् सदस्य गोविन्द भट्टराईले सेफर मोबिलिटीको लागी सेफ राइडिङ सम्बन्धि प्रस्तुती गर्नुभएको थियो ।

नासा वाग्मति प्रदेश सघंका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रोटरी क्लब अफ चितवन तथा चितवन अटोमोबाइल्स एसोसिएसनको समेत सकृय सहकार्य रहेको थियो ।

चितवनको लागी सेफर मोबिलिटीमा थुपै्र कार्य गर्नुपर्ने हुदा सो को शुरुवात भरतपुर महानगरपालिकाबाट गर्ने जसको लागी भरतपुर रोड सेफ्टी अडिटको प्रस्ताव महानगरमा पेश गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रममा डब्लुएचओ र एफआइएद्धारा सिफारिस गरिएको हेल्मेटको आवश्यकता र पिलियन राइडर्सलाई हेल्मेटको महत्व बारे छलफल गरिएकाे बताइएकाे ।

सडक सुरक्षाको पाँच पिल्लर मध्ये चौथो पिल्लरको क्षेत्रमा चितवनका नागरिक र पेशागत संगठनलाई परिचालन र संयोजन गर्ने समेत निर्णय गरियो ।

नेपालको केन्द्र भागमा रहेको चितवन सडक सुरक्षाको क्षेत्रमा अत्यन्तै संवेदनशिल जिल्ला हो । पूर्व पश्चिम राजमार्ग, नारायणगढ–फिस्लिङ खण्ड जस्ता अत्यन्तै महत्वपूर्ण सडकखण्ड रहेको

चितवनमा मलेखु–लोथर तथा  भरतपुर–माडी ठोरी लगायतका सडक खण्ड देशकै लाइफलाइन जस्ता बनेका छन् ।

नेपालकै साइकलको जिल्ला भनिने जिल्ला चितवन आज गाडी मोटरसाइकल र सडकको पर्याय बनेको छ । साथै आज सडक दुर्घटना र त्यसको नकरात्मक असर अकल्पनीय रहेको छ। आज चितवन मात्र हैन नेपालकै प्रमुख समस्या रहेको सडक दुर्घटनाबाट यूवा शक्ति जोगाउन, मोटरसाइकल दुर्घटनाबाट हुने हानी, नोक्सानी न्यूनिकरण गर्न सरकारी मात्र नभै नागरिक पेशागत र ब्यवसायिक संगठनहरुको समेत उत्तिकै भूमिका हुन्छ जसको लागी एफ आइ ए र नासा नेपाल सदैव सकृय छ ।

मोटर/मोटरसाइक्लिङ्ग स्पोर्टस् , अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कृयासिल नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफ आइ ए)को सदस्य संघ रहेको पनि बताइएको छ ।