खोटाङ स्थित दिक्तेलमा केएफए अन्तर संस्था फुटबल प्रतियोगिता: नेर्पा स्पोर्टस क्लबलाई उपाधि

खोटाङ स्थित दिक्तेलमा केएफए अन्तर संस्था फुटबल प्रतियोगिता: नेर्पा स्पोर्टस क्लबलाई उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २४, २०७९

खोटाङ ।   खोटाङको दिक्तेलमा आयोजित प्रथम केएफए अन्तर संस्था पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ । खोटाङ फुटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले प्रथम उपाधि जितेको हो ।

साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।