बिना धितो सामूहिक जमानीमा दश लाख र शैक्षिक प्रमाण पत्रमा सातलाखसम्म लगानी गरिने ( पूर्णपाठसहित)

बिना धितो सामूहिक जमानीमा दश लाख र शैक्षिक प्रमाण पत्रमा सातलाखसम्म लगानी गरिने ( पूर्णपाठसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २५, २०७९

काठमाडौँ ।  निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकका बीच लघु वित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गर्नु भएको छ । 

निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा सानिमा बैंकले लघु वित्त तथा विपन्न कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म र शैक्षिक प्रमाण पत्रमा धितो जमानीमा सात लाखसम्म लगानी गर्ने  लगायत सम्झौता भएकाे उल्लेख छ  ।

विज्ञप्तिको पूर्णपाठ