नेपाली पर्यटन उद्यममा नयाँ आयाम: 'पावर टु पावर स्टीयरिङ' महिला मोटर र्‍याली  १५ अक्टोबरमा

नेपाली पर्यटन उद्यममा नयाँ आयाम: 'पावर टु पावर स्टीयरिङ' महिला मोटर र्‍याली  १५ अक्टोबरमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २७, २०७९

काठमाडौँ । महिला शसक्तिकरणको सन्देश दिने गरी 'पावर टु पावर स्टीयरिङ'  महिला मोटर र्‍यालीको आयोजना गरिने भएको छ । 

'मोटरिङ मार्फत महिला सशक्तिकरण'   थीममा हुने र्‍याली  आगामी १५ अक्टोबर  'पावर टु पावर स्टीयरिङ' काठमाडौँबाट शुरु भई धुलिखेलमा पुगेर समापन नासा नेपालले जनाएको छ ।

नासा नेपालको राष्ट्रिय इभेन्टका रुपमा आयोजना हुन लागेको  र्‍यालीमा सहभागीले मुलत साहसिक, थ्रिल र पर्यटन क कम्विनेसन हुने सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्य रहेकाे नासा नेपालले जनाएकाे छ । 

नासा नेपालका अनुसार  नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटर र्‍याली यसपटक 'पावर टु पावर स्टीयरिङ' को नयाँ ब्राण्डमा लिएर हामी उपस्थित हुन लागेको हो । 

विगत १५ बर्ष  देखि मोटर स्पोर्ट्स र ड्राइभ टुरिजमका पारखी हरुलाई नयाँ–नयाँ स्वाद पस्किरहेको यस्ता र्‍यालीमा नेपाली मात्र नभै विदेशी र महिला ड्राइभरहरूलाई समेत आकर्षित गर्ने गरि 'पावर टु पावर स्टीयरिङ' को नयाँ इभेन्ट शुरु गर्न लागिएको  जानकारी दिइएको छ । 

 पुरानो र क्लासिक को रोमान्चकता र महिला सशक्तिकरण तथा सोसियल नेटवर्किङ्ग समेत यसमा जोडिएको यस  र्‍यालीमा सहभागि हुन सहभागीले ४ वटा चेक पोइन्ट पार गर्नु पर्ने छ, जुन अत्यन्तै रोमान्चक हुनेछ ।  टिडीएस (समय, दुरी र गति)  प्रणालीमा आयोजना गरिने र्‍यालीका सहभागीले हिमालयन मोटर ल्याण्डमा र्‍याली क्रस  जस्तो अत्यन्तै रोमान्चक मोटर स्पोर्ट्सको अवसर समेत प्राप्त हुने आयोजकहरुले जानकारी दिएका छन् । र्‍यालीमा  पुरानाे गाडीको सहभागिता अर्को महत्वपूर्ण पक्ष रहने छ ।  

र्‍यालीका सहभागीहरुलाई  सुरक्षित ड्राइभ  र टिडीएस प्रणाली  (समय, दुरी र गति)  का  वारेमा र्‍याली भन्दा  अग्रिम नै जानकारी गराइने  र  'पावर स्टेरिंगमा महिला'  हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा बढीमा ५० वटा टिम समावेश गर्न सकिने आयोजकले जनाएका छन् । 

सो र्‍यालीमा १३ लाख ९० हजार अनुमानित खर्च लाग्ने जुन टिम दर्ता, पार्टनरसिप तथा स्पोन्सर सीप मार्फत नै संकलन गरिनेछ । त्यस्तै र्‍याली क्रस इभेन्ट र त्यसका विजयीले प्राप्त गर्ने पुरस्कारमा थप बजेट लाग्ने त्यसको जानकारी पछि दिने समेत नासा नेपालले जानकारी दिएकाे छ । 

र्‍यालीमा सहभागी हुन इच्छुकले https://forms.gle/vEh7zdes5tDHLqWG8  सहभागी फारम भर्न सक्नुहुनेछ ।  सहभागीको अन्तिम फारम भने स्वयम्ले हार्डकपि मै भर्नु पर्नेछ जहाँ साक्षी तथा पारिवारिक विवरण समेत समावेश गरिएको छ ।  

प्रक्रिया पुरा गरेका  सबै प्रकारका कार, जिप र भ्यान समेत सहभागी हुनसक्ने सो र्‍यालीका सहभागीले र्‍याली क्रस सहभागी हुन सक्ने र  टिम दर्ता  शुल्क  प्रत्येक टिमको जम्मा  ५००० मात्र र थप सहभागीको २००० मात्र इभेन्टका सम्पुर्ण सहभागीहरुलाई सेफ ड्रइभिङ्गको तालीम दिइनेछ भने भिन्टेज विधामा छुट्टै अवार्डिङ्ग समेत गर्ने कार्यक्रम रहेकाे छ । नेपाली पर्यटन उद्यमको लागी नयाँ आयाम थप्ने अपेक्षा राखिएको र्‍याली  व्यवस्थापनको लागी ट्विङकल न्याँछोँको संयोजकत्वमा समिति गठन गरिएको र र्‍यालीलाई विभिन्न सामाजिक, व्यवसायिक तथा पर्यटकिय र खेल, संघ संस्थाको सहयोग पाउने अपेक्षा समेत नासा नेपालले राखेकाे जनाएकाे छ । 

वीमेन इन स्पोर्टस एण्ड एडभेञ्चर्स  र भीन्टेज , क्लासीकल एण्ड हिस्टोरीकल मोटर्स  सहकार्यमा आयोजना हुने सो र्‍यालीमा विजयी हुनेहरुलाई शिल्ड , मेडल र सर्टिफिकेट तथा आकर्षक गिफ्ट हयाम्पर र अन्तराष्ट्रिय सहभागिताको अवसर समेत उपलब्ध गराउने कार्यक्रम रहेकाे छ ।