स्कुल बस सुरक्षा जाँच अभियान: मापसे गरेर विद्यार्थी ल्याउने लैजाने ६ जना चालक कारबाहीको दयरामा !

स्कुल बस सुरक्षा जाँच अभियान: मापसे गरेर विद्यार्थी ल्याउने लैजाने ६ जना चालक कारबाहीको दयरामा !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७९

काठमाडौँ । भविष्यका कर्णधार विद्यार्थीलाई विद्यालयमा दैनिक ल्याउने लैजाने बसका चालकहरुले एकै दिन रक्सी (मदिरा) पिएर बस चलाएको आरोपमा ६ जना चालकलाई कारबाहीका दायरामा ल्याएकाले छ । 

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना चालक भेटिए पछि कार्यबाही दायरामा ल्याइएको हो  ।

प्रहरीले सञ्चालन गरेको  अभियान बिहान ५:३० बजे ८: ३० बजेसम्म सञ्चालन गर्दा उनीहरु मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेपछि कारबाहीको प्रकृया अगाडि बढाएको छ ।

भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी (मदिरा) पिएर बस चलाउँछन् भन्दा अनौठो र अस्वाभाविक घट्ना काठमाडौँ उपत्यकामा यस्तै घटनाहरु प्रहरीले फेला पर्दै आएका छ  ।

यसरी मापसे गरेर बस चलाउने चालकहरूमा ओमेगा  सेकेन्डरी स्कुल कुमारीपाटीको बा३क ९३५ नम्बरका बस चालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेश्नल कलेजको बा१क ९४५६ नम्बरका बस चालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा१क ९३५६ नम्बरका बस चालक साङ्गेल शेर्पा रहेका छन् । 

त्यस्तै रेडियन्ट पब्लिक स्कुलको बा८च ९३८३ नम्बरका भ्यान चालक  शिवकुमार क्षेत्री, ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुको बा१८च ९८०१ नम्बरका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलको विएवी ००६४ नम्बरका भ्यान चालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ । 

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जना स्कुल बसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म एक सय १७ वटा स्कुल बसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ जना चालक छन् ।