श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २९, २०७९

 काठमाडौँ । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।

सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरी सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो । आज यहाँ आयोजित एक कार्यक्रममा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामनासहित नयाँ जिम्मेवारीको पत्र प्रदान गर्नुभयो । 

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले श्रेष्ठलाई शुभकामना प्रदान गर्नुभयो । विसं २०४१ मा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गर्नुभएका  श्रेष्ठ विसं २०६१ मा स्थायी हुनुभएको थियो । ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गर्दै आइरहनुभएको छ