प्रधानमन्त्री शेरबहादुर देउवा: प्रतिभा राणाका ‘गहिराई’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ विमोचन

प्रधानमन्त्री शेरबहादुर देउवा: प्रतिभा राणाका ‘गहिराई’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ विमोचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ३०, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकार्पण, पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको ‘गहिराई’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, सङ्गीत र कलाविना समाज र  देश पूर्ण नहुने बताउने भयो । 

लेखक प्रतिभा राणाले आफंले २१ वर्षको उमेरदेखि लेखेको कविताहरू सङ्ग्रहको रुपमा प्रकाशित भएको बताउनु भयो । कृतिमा मानविय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य ईश्वरीयदेन लगाएतका विविध, विषय समावेश भएको उहाँले बताउने भयो । 

समालोचक डा. ज्ञानु पाण्डेले लेखक प्रतिभा राणालाई कविको रुपमा साहित्य बजारमा स्वागत गर्दछु भन्दै वहाँको कविताहरूमा जिवन र जगत समावेश भएको बताउनु भयो । 
समालोचक राम लोहनीले अंग्रेजी कविता माथि समालोकच गर्दै दर्शनलाई व्याख्या गरेर सरल कविता आएको बताउनु भयो । शिखा बुक्सले प्रकाशन गरको दुई कृतिको मूल्य रु. ४५०/– र रु ३५०/– रहेको छ ।