जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष टंक थापासहित ३९ जनाद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष टंक थापासहित ३९ जनाद्वारा पार्टी परित्याग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७९

खोटाङ । नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै जनता समाजवादी पार्टी जिल्ला समिति  खोटाङका अध्यक्ष, उपाध्यक्ष सहित  केन्द्रीय अनुशासन आयोग सदस्य प्रदेश समिति सदस्य  उपाध्यक्ष/ प्रदेश समिति सदस्य  किरात राष्ट्रिय समिति सदस्य  गरेर ३९ जनाले पार्टी परित्याग गरेका छन् ।

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गर्दै जसपा नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई लगायतले जिल्ला अध्यक्ष सहित ३९ जनाले पार्टी परित्याग गरेका हुन् ।

पार्टीको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृतिहावी भएको उनीहरुको आरोप छ । विज्ञप्तीमा नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको पार्टी छाड्न परेको उल्लेख छ ।

पार्टी परित्याग गर्दै उक्त समुहले समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानका लागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा सदा निरन्तर उभिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रदेश सदस्य मोहन गुरुङ र जिल्ला अध्यक्ष टंक बहादुर थापाले संयुक्त रूपमा विज्ञप्ती हस्ताक्षर गरेका छन् ।

प्रदेश सदस्य मोहन गुरुङ र जिल्ला अध्यक्ष टंक बहादुर थापाद्वारा संयुक्त जारी विज्ञप्तिको पूर्णपाठ