मन्त्री कुँवरलाई इजरायलले थप १ हजार नेपाली कामदार लैजान लागेको राजदुतद्वारा जानकारी

मन्त्री कुँवरलाई इजरायलले थप १ हजार नेपाली कामदार लैजान लागेको राजदुतद्वारा जानकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७९

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालयमा भएको भेटघाटमा उपरोक्त जानकारी गराउनु भएको हो । 

उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।  त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो । 

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामी दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । 

त्यस्तै उहाँले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गर्नु भयो ।