बुढा पुस्ता र युवा पुस्ता बीच चुनावी द्वन्द्व : राष्ट्रप्रेम र राष्ट्रवादको पासो

बुढा पुस्ता र युवा पुस्ता बीच चुनावी द्वन्द्व : राष्ट्रप्रेम र राष्ट्रवादको पासो

पूर्ण ओली  |  दृष्टिकोण  |  श्रावण ३१, २०७९

नेपालको हालत लथालिङ्गे घरको भताभुङ्ग चालाजस्तै  भएको छ । कुनै कुरा पनि बिग्रन लागेमा त्यसलाई सुरुमै सम्हाल्न प्रयास गरिएमा अवश्य पनि त्यो सम्हालिन सक्छ । अन्यथा ढिला हुंदै गएपछि सम्हाल्न गाह्रो मात्र होइन कहिलेकाहिँ असम्भव प्रायः हुन पनि सक्छ । अहिलेको नेपालको राजनीतिक ब्यबस्था देखि प्रशासनिक तथा अदालती कार्यहरु सबै लथालिङ्ग को अबस्थामा पुगिसकेका छन् ।

यस्तो देशको सरकार भएपछि राजधानी शहरको फोहोरको ब्यबस्थापन कसरी राम्रो होला ? सरकार आफै जिम्मेवार बनेर शहरलाई सफासुग्घर राखेर जनस्वास्थ्यमा ख्याल गर्नु पर्नेमा आफै फोहोरको व्यवस्थापनमा  बाधा पुर्‍याउँछ भनेर कसरी कल्पना गर्न सकिन्छ ? 

सरकारले चुनावको घोषणा गरिसकेको छ । सरकारमा बसेका दलहरु कसरी हुन्छ बढि से बढि दल मिलेर चुनावमा जाने र बहुमत ल्याएर फेरि सत्ताको बागडोर आफ्नै हातमा कायम राख्ने प्रयासमा छन् । सरकार जनताको हितमा कुनै काम गर्न चाहँदैन । महँगीले आकास छुन लागिसक्यो त्यसलाई नियन्त्रण गर्ने कुनै प्रयास गरिएको छैन् । सँधै आयत गर्नुपर्ने तेलको मुल्य बाहिर बढ्दा नेपालमा बढाइन्छ तर बिदेशबाट घटेर आउँदा नेपालमा समयमा घटाइँदैन ।

अहिले दुइ दुइ पटक पेट्रोल डिजेलको मुल्य घटेर आउँदा पनि नेपालमा घटाइएको छैन । त्यसले गर्दा पनि यातायात तथा हवाइ जहाजको भाडा घटेको छैन । यसले गर्दा पनि बजार मुल्य आकासिएको छ । 

काठमाडौँमा स्वतन्त्ररुपमा उठेर चुनाब जितेका मेयर बालेन शाहको पहिलो काम फोहोरको ब्यबस्थापन थियो । त्यहि अनुसार सुरुदेखि नै यसतर्फ लागे । लगत्तै फोहोर फाल्ने स्थानमा फोहोर फाल्न स्थानीय जनताले रोके । उनीहरुलाई सरकारमा भएका दलकै निर्देशनमा रोक्न लगाइएको अरोप लगाउन बाध्य मेयर बालेन शाह बनाइएको छ ।

अहिलेको पाँच दलीय गठबन्धनको मुख्य उदेश्य एमालेलाई बहुमत आउन नदिनु हो । त्यसमा पनि पुर्व प्रधानमन्त्री केपी ओलीलाई कमजोर पार्नु नै उनीहरुको प्रमुख उदेश्य देखिन्छ । देशको हितमा र राष्ट्रको बिकासमा यी प्रमुख दलका कुनै नेतापनि नदेखिए पनि  एमाले र नेकपाको सरकारमा केपी ओली प्रधानमन्त्री हुँदा उल्लेखनीय कार्य भएका थिए ।

 यो कस्तो बिडम्बना हो ? जुन देशको सरकार शहर सफा राख्न आफै लाग्नु पर्नेमा मेयरले गर्न लागेको प्रयासमा भाँजो हाल्नु भनेको फोहोरी राजनीतिको परराष्ट होइन र ?  देशको राजधानी सफा राख्नु भनेको जनताको स्वास्थ्य राम्रो राख्नु मात्र होइन बिदेशबाट आउने पर्यटकलाई पनि आकर्षक बनाउनु हुन्छ । तर यहाँ त आफु पनि राम्रो काम नगर्ने अरुलाई पनि गर्न नदिने भनेपछि देश कसरी अगाडि बढ्न सक्छ ?

त्यसैले नागरिक समाजदेखि प्राय सबै इमान्दार युवा युवतीहरुले पुराना नेतालाई हराएर युवा र राष्ट्र प्रेमी युवाहरुलाई निर्वाचनमा जिताऔँ भनेर सामाजिक सञ्जाललाई रँगाइरहेका छन् । अहिले सर्वसाधरण जनता, किसान, बिद्यार्थी, बुद्धिजीवी सबै अहिलेका दलका सबै प्रमुख नेताहरुको बिरुद्धमा उत्रिरहेका छन् । अब अहिलेका बुढा नेताहरुबाट देश र जनताको भलो हुन नसक्ने सिद्ध भइसक्यो । 

अहिलेको पाँच दलीय गठबन्धनको मुख्य उदेश्य एमालेलाई बहुमत आउन नदिनु हो । त्यसमा पनि पुर्व प्रधानमन्त्री केपी ओलीलाई कमजोर पार्नु नै उनीहरुको प्रमुख उदेश्य देखिन्छ । देशको हितमा र राष्ट्रको बिकासमा यी प्रमुख दलका कुनै नेतापनि नदेखिए पनि  एमाले र नेकपाको सरकारमा केपी ओली प्रधानमन्त्री हुँदा उल्लेखनीय कार्य भएका थिए । त्यस मध्य प्रमुख रुपमा चीनसँग यातायात र पारवहन सन्धी सम्झौता गरेर भविष्यमा नेपाललाई भारतीय नाकाबन्दीबाट जोगाएका थिए ।

त्यस्तै गरेर सुनकोशी मरिन डाइभर्सनको सिँचाईको आयोजनाको कार्यक्रम अघि बढाएर २ नम्बर प्रदेशको लागि अत्यन्त हित हुने कार्यको योजना अघि बढाएका थिए । त्यस्तै गरेर राजमार्गको चौंडा बढाउने । टनेल मार्फत सडक र सिँचाइका आयोजनाहरु अगि बढाइएका थिए । अर्कोतर्फ उनका केहि कमजोरीमा यति कम्पनि लाई ट्रष्टका धेरै जग्गा अत्यन्त कम मुल्यमा दिएर निकै बदनाम भएको थियो ।  

भ्रष्टाचारका केहि मुद्दामा कार्य अघि बढाइए पनि यसलाई निचोडसम्म पुर्‍याउने मामलामा अख्तियारलाई सोही रुपमा उपयोग गर्नु भएन । ती बाहेकका अन्य नेताहरुले गरेका देश हितका उल्लेखनीय कार्य भन्दा खराब कार्य मात्र देखिन्छन् जसको फेहरिस्त उल्लेख गर्न यो लेखमा संभव देखिएन । 

अहिले बिशेष गरेर काठमाण्डौको फोहोरको ब्यबस्थापन कुरा बढि चलेको छ जुन सान्दर्भिक पनि छ । पहिला काठमाडौँको जनसंख्या कम भएको र त्यसबेला फोहोरको त्यति समस्या हुँदैनथ्यो । त्यसलाई पनि समय समयमा नगरपालिका बाट उठाइन्थ्यो । २०४६ को आन्दोलन र त्यसपछि आएको बहुदलीय ब्यबस्था पछि मानिसहरु शहरमा ह्वात्तै बढेर गए ।

शहरलाई योजनाबद्ध गरी ब्यबस्थित गर्नतर्फ सरकार लागेन । घर बनाएर सेफ्टी ट्याङ्की बनाउने कार्यलाई निरन्तरता दिइएन र ढललाई सिधै खोलामा हाल्न थालियो । यसभन्दा पहिला टुकुचा खोलामा मात्र ढल हालिन्थ्यो । त्यसपछि अरु सबै नदीमा ढल हाल्न थालेपछि प्रदुषण बढ्दै गयो । फोहोरलाई ब्यबस्थित गर्न स्वदेश देखि बिदेशबाट पनि सहयोगको कुरा आइराखे तर उच्च ओहोदामा रहेका कर्मचारीले कमिसनको कुरा उठाएपछि, केहि बिदेश देखि आएको सहयोग र रिसाइक्लिङ मेसिन सम्म उपयोग नगरिएको कुरा सुनिएका थिए ।

निवर्तमान मेयर विद्यासुन्दर शाक्यको समयमा रिसाइक्लिङ मेसिन जडान गर्ने गरि फोहोरको स्थायी ब्यवस्थापनको राम्रो अवसर थियो । त्यतिखेर आफ्नै दलको सरकार थियो । तर यस्तो प्रमुख कार्यलाई बेवास्ता गरियो । त्यसैको परिणाम अहिले मेयर बालेन शाहले भोगिरहेका छन् । 

जनताको स्वास्थ्य, शिक्षा, पानी जस्तो अत्यन्त महत्वपूर्ण बिषयलाई सरकारले भाषणमा मात्र ठुला कुरा गरेर टारिरहेको छ । अहिले शिक्षा र स्वास्थ्यमा पुरा व्यापारीकरण गरिएको छ ।  गरिब तथा निमुखा जनताले सरकारबाट केहि सहयोग पाएका छैनन् । किसानले मल पाएका छैनन् । उत्पादित सामानले बजार पाएको छैन । उपत्यकाको लागि भनिएको मेलम्चीको पानी केहि समय आएर रोकिएको छ । त्यो पनि कहिले आउँछ टुङ्गो छैन । सरकार सिर्फ चुनाब केन्द्रीत हुँदै गएको छ । जनहितमा कुनै कार्य अघि बढेको छैन । यस्तै हो भने आउँदो निर्वाचनमा जनताले अवश्य पनि यी सत्ताको तर मारेर बसेकालाई तह लगाउने राम्रो अवसर हुनेछ । जनता होसियार बनौं । गतिला युवाको छनौट गरौं । 

चाबहिल सरस्वतीनगर, काठमाण्डौ
२०७९ श्रावण ३१