स्वर्गद्वारी सारी स्थित नवनिर्मित सामुदायिक भवनको शहरी विकास मन्त्रीद्वारा उद्घाटन

स्वर्गद्वारी सारी स्थित नवनिर्मित सामुदायिक भवनको शहरी विकास मन्त्रीद्वारा उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७९

प्युठान । शहरी विकास मन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका-५ सारीमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत  कुल ४ करोड २६ लाख रूपियाँमा निर्माण भएको सामुदायिक भवनको शहरी बिकास मन्त्री चौधरीले मंगलवार उद्घाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नयां शहर बनाउने लक्ष सहित आफू अगाडि बढिरहेको उल्लेख गर्दै प्युठान जिल्लालाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो। 

प्रसस्त पर्यटकिय संभावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी यही  रहेको भन्दै संघ प्रदेश र स्थानिय सरकार मिलेर पर्यटन तथा संस्कृतिको बिकास गर्नुपर्ने बताउनुभयो।