प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलकाे निवेदन

प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलकाे निवेदन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७९

काठमाडौँ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । 

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् । 

 आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बर समेतको सूचीसहितको विवरण तयार गरेको छ ।